मान्छेले मान्छेकै मासु खाएपछि...
####good
काठमाडौं, पौष २९ । मध्य अफ्रिकी गणतन्त्रको हिंसामा एक जना मानिसले विपक्षी अर्का व्यक्तिलाई मारेर खाएको दावी गरेका छन् । आफ्नो छोराछोरी, गर्भवती श्रीमती र बुहारीको हत्या गरेपछि रिसले चुर भई आफूले यस्तो गर्नु परेको तिनले बताए । बीबीसीसँग कुरा गर्दै उनले आफ्ना परिवारको हत्या गर्नेलाई मारेर मासु खाएको बताए ।आफुलाई “पागल कुकुर” भन्ने क्रिश्चियन समुदायका उनले राजधानी बान्गुईमा मुश्लिम व्यक्तिलाई आक्रमण गरेका थिए । बसमा गइरहेको उक्त व्यक्तिलाई उनले पिछा गर्दै बसबाट सडकमा निकालेर पिट्दै आगो लगाएका थिए ।
क्रिश्चियन बाहुल्य मध्य अफ्रिकी गणतन्त्रमा क्रिश्चियन र मुश्लिम समुदायबीच साम्प्रदायिक तनाब हुँदा डिसेम्बर यता एक हजारभन्दा बढी मारिइसकेका छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment