आममाफी अन्तरराष्ट्रिय मापदण्डअनुसार देऊ : सर्वोच्च अदालत
####good
सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशिला कार्कीको संयुक्त इजलासले विहीबार यस्तो आदेश सुनाएको हो ।सरकारले ल्याएको अध्यादेश अन्तरराष्ट्रिय मान्यता विपरीत भएको र आममाफीको प्रावधानसहितका दफाहरु खारेज गरिनुपर्ने भन्दै सर्वोच्चमा सुमन अधिकारीमसेतले रीत निवेदन दर्ता गराएका थिए । सुो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सत्य निरुपण र मेलमिलाप सम्बन्धी दुईवटा छुट्टाछुट्टै आयोगहरु बनाउन आदेश दिएको छ ।
सत्य निरुपण तथा मेलमिलापसम्बन्धी अध्यादेशका विषयमा विगतदेखि नै गम्भीर बहस भइरहेका बेला अदालतले यस्तो आदेश जारी गरेको हो । हालै प्रमुख दलहरुवीच सम्पन्न चारबुँदे सहमति पत्रको एउटा बुँदामा सत्यनिरुपण तथा मेलमिलाप आयोग यथाशिघ्र गठन गर्न दलहरु सहमत छन् भनिएको छ । अब अदालतको आदेश अनुसार कानूनमा संशोधन गरी दुईवटा आयोग बनाउनुपर्ने भएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment