बहादुर दुई प्रहरीले पाए बढुवा
####good
काठमाडौं – आफू गोली लागेर घाइते हुँदा पनि लखेटी लखेटी भारतीय सुटरलाई पक्राउ गर्न सफल बाराका दुई प्रहरीले एक तह बढुवा पाएका छन् । प्रहरी प्रधान कार्यालयमा केही बेरअघि बसेको पोलिसी कोअर्डिनेसन कमिटीको बैठकले प्रहरी जवान शेष समसादलाई हवल्दार र असई मातृका ठाकुर सईमा बढुवा गर्ने निर्णय गरेको हो ।बहादुरीपूर्वक कर्तव्य निर्वाह गरेको भन्दै प्रोत्साहनस्वरूप दुवैलाई एक तह बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता गणेश केसीले जनाए ।
सामान्य राइफल र पेस्तोल बोकेका यी दुई प्रहरीले बुधबार गोली लागेर घाइते हुँदा पनि साहस देखाउँदै हत्या गरेर भाग्दै गरेका चारवटा हतियार बोकेका दुई भारतीय अपराधीलाई पक्राउ गरेका थिए ।
####
.jpg)



0 comments
Write Down Your Comment