कतारमा नेपालीले जिते सर्वोत्कृष्ट कामदार अवार्ड
####good
अल एवल कल्याणकारी समूहको स्थापना दिवस एवं नयाँ वर्ष २०१४ को अवसरमा अवार्ड घोषणा गरिएको हो । वर्षभरि उत्कृष्ट सेवा गर्ने अन्य कर्मचारीलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । जिनु थोमस, शादिकली, मजियास ईके, मोहम्द जासिमलगायतले सो पुरस्कार हात पारेका थिए । दिनेश अधिकारी, उदयराज गौतम, ओमप्रसाद गुनी र रविचन्द्र्र चामागुइँ कम्पनीमा लामो समय सेवा गरेकोमा सम्मानित भएका थिए ।कम्पनीमा सात देशका पाँच सयभन्दा बढी कामदार कार्यरत छन् । कार्यक्रममा कामदारहरुले कलात्मक प्रस्तुती दिएका थिए ।
यसमा घनश्याम पराजुली संयोजक रहेको ट्राफिक जनचेतना नाटकले पहिलो स्थान पाएको थियो । कार्यक्रमलाई नेपाली, हिन्दी, तमिल, मल्यालम, तथा श्रीलङ्गकन गीत तथा प्रस्तुतीले मनोरन्जनात्मक बनाएको थियो ।
####
.jpg)



0 comments
Write Down Your Comment