बारामा बहादुरी देखाउने प्रहरीलाई बढुवाको फुली
####good
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा महानिरीक्षक अर्यालले प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी जवान शेख अबजानलाई एकतह बढुवा गरी दर्ज्यायनी चिन्ह लगाइएका हुन् ।
आफूलाई गोली लागेर रगतपच्छे हुँदा पनि भारतीय अपराधी पक्रन सफल मातृका ठाकुरलाई सईको र जवान शेखलाई हवल्दारको दर्ज्यायनी चिन्ह महानिरीक्षक अर्यालले लगाइदिएका हुन् ।
घरैमा बसिरहेका ट्रक व्यवसायी आफताब अन्सारीलाई एक हप्ताअघि गोली हानेर भारततर्फ भाग्दै गरेका लखनउका ३५ वर्षीय विपीन यादव र जोधपुरका रवि पाण्डेलाई उनीहरूको गोली लागेर रगपच्छे भएको अवस्थामा पनि प्रहरी सहायक निरीक्षक ठाकुर र जवान शवजानले पक्रन सफल भएका थिए ।
गोली लागेर घाइते दुवैजनाको प्रहरी अस्पतालमा उपचार गरिएको थियो । भारतीय अपराधीहरूको गोलीबाट घाइते ट्रक व्यवसायी अन्सारीको भने उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment