लोकमानको बाटो खोल्न दुई दर्जन पत्रकार थुनियो
####good
कुन प्रश्नमा रिसाए अख्तियार प्रमुख ?
२८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध नाराबाजी गरेका पत्रकारहरुलाई प्रहरीले धरपकड गरेको छ । सुपारी निकासी फुकुवा गरेको प्रश्न गालगलौज गरेको भन्दै पत्रकारहरुले लोकमानविरुद्ध नाराबाजी गर्नुका साथै जिल्ला प्रशासन कार्यालय मोरङको मुल गेटमा धर्ना दिएका थिए ।

पत्रकारहरुको धर्नाका कारण कार्यालयभित्रै थुनिए कार्कीको बोटो खोल्न प्रहरीले नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलासहित दुई दर्जन पत्रकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ । धरपटडका क्रममा केही पत्रकार घाइते भएका छन् ।

विभिन्न जिल्लाको भ्रमणका क्रममा विराटनगर पुगेका अख्तियार कार्कीले प्रशासन कार्यालयमा पत्रकार सम्मेलन राखेका थिए । पत्रकारहरुले तेश्रो मुलुकवाट निर्यात हुने सुपारी भारत निकासीमा तपाईले लाइन मिलाउनु हुन्छ रे भनि प्रश्न सोधेपछि कार्कीले आफूलाई बनदान गर्न खोजेको बताए । सुपारी तस्करीमा आफ्नो संलग्नता नभएको भन्दै उनले भने-’मेरो संलग्नता प्रमाणित गर्नुस्, आजैका मितिदेखि राजीनामा दिुन्छु’ ।
तर, पत्रकारले यसबारे धारणा मागेपछि आक्रोशित बनेका अख्तियार प्रमुख कार्कीले जे मन लाग्यो त्यही लेख्ने भन्दै गालीगलौज गरेका थिए । त्यसक्रममा केहीबेर अख्तियार प्रमुख कार्की र पत्रकारहरुबीच भनाभन भएको थियो ।
कार्कीेले माफी नमागेसम्म बाहिर जान नदिने भन्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।
####




,

0 comments

Write Down Your Comment