राष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमा सुनुवाइ भएन
####good
यसअघि शुक्रबार पेशी तोकिएको भए पनि सुनुवाइ भएन । अर्को पेशी सोमबारका लागि तोएकिो छ । निर्वाचनपछिको नयाँ म्याण्डेट अनुसार राष्ट्रपति र उपराष्ट्र चयन गर्नु पर्ने माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले बिहीबार रिट दायर गर्नु भएको थियो ।
रिटमा चौथो संशोधानबाट थपिएको धारा ३६ ग लाई अमान्य र बदर घोषित गरी राष्ट्रपति/उपराष्ट्रपतिको पदावधि कायम गर्न आवश्यक संवैधानिक व्यवस्था गर्न उत्प्रेषण/परमादेश आदेशको माग गरिएको छ । साथै मुद्दाको टुङ्गो नलागेसम्म राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन गर्न पाउने नवगठित संविधान सभाको अधिकारमा कुनै पनि हस्तक्षेप नगर्नु, धारा ३६ख बमोजिम राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनमा वाधाअवरोध पुग्ने कुनै पनि कामकारवाही नगर्नु तथा गर्न नदिनु, वर्तमान राष्ट्रपति/उपराष्ट्रपतिबाट दैनिक कामचलाउ प्रकृतिका वाहेक अन्य दीर्घकालीन महत्वका कुनै पनि कामकारवाही हुन नदिन अन्तरिम आदेशको माग गरिएको छ । रिटको पेशी शुक्रबारका लागि तोकिएको छ । एमालेसहितका दलले राष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्ने माग गर्दै आएका छन् भने नेपाली कांग्रेस त्यसको विपक्षमा छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment