अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु, ४२ घाइते
####good
अर्घाखाँची, पौष २२ । अर्घाखाँचीबाट काठमाडौं आउँदै गरेको लु१ख ५७६३  नम्बरको यात्रुबाहक रात्री बस अर्घाखाँचीकै नरपानी गाविस वडा नम्बर ४ फुटवाङ बजार नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमध्ये बर्दियाका हासीलाल चौधरी सनाखत भएको छ भने अर्की महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बसमा ४२ जना रहेकोमा सबैजना घाइते भएका र ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंका लागि छुटेको १५ मिनेटमै उक्त रात्रीबस दुर्घटना भएको थियो ।

सामान्य घाइतेहरुको अर्घाखाँचीमै उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई बुटवल लगिएको जनाइएको छ ।
####




0 comments

Write Down Your Comment