कोरियास्थित नेपाली आवासमा आगलागी , नगद र पासपोर्ट नष्ट
####good
आगलागी भएको क्षेत्र राजधानी सउलबाट दुई सय किलोमिटरको दूरीमा छ । आगलागीबाट कोठामा रहेको नगद, जिन्सी, राहदानी, नागरिकतालगायतका सामागी्रहरु नष्ट भएको पीडितहरुले बताएका छन् । “घर जान सुन, ल्यापटप, कम्प्युटर, लुगाहरु किनेर राखेका थियौं” गुल्मीका दीपक गौतमले भने “पासपोर्ट र नागरिकता पनि जल्दा चिन्ता थपिएको छ ।” जलेका पार्सपोर्टहरुमा धेरैजनाको भिसा अवधि थप्नुपर्ने अवस्था रहेको स्याङ्गजाका होमनाथ अधिकारीले जानकारी दिए । उनले अनलाइनखबरमार्फ कोरियास्थित नेपाली दूतावासलाई पीडितहरुका आवश्क जागजातहरु सरल तरिकाले बनाई सहयोग जुटाइदिन अनुरोध गरेका छन् ।
आगलागी बिदाको दिन दिउँसो भएकोले मानवीय क्षति हुन नपाएको धनगढीका दीपक पनेरुले बताए । “हामी कोही बाहिर घुम्न गएका थियौं,कोही कोठामै थियौं । फिलिपिनो साथीहरु बस्ने स्थानबाट एक्कासि आगोको मुस्लो छेउमै आइसकेको रहेछ, बाँच्नलाई आँखा मिच्दै भाग्यौं र ज्यान जोगायैा” बाजुराका डबल धामीले एकै सासमा बेलिविस्तार लगाए “एकछिन मात्र ढिला भएको भए ज्यान जान्थ्यो ।”
सो आगलागीबाट रेणु गुरुङ (पोखरा), याम गुरुङ (पोखरा), राजेन्द्र तिमिल्सिना (सिन्धुपाल्चोक), केवल राई (सोलुखुम्बु), दीपक गौतम (गुल्मी), भरत पौडेल (स्याङ्गजा) लगायत रहेका छन् ।
अहिले पीडितहरुलाई कम्पनीले अस्थायी स्थानमा राखेको छ । भूँइतातो पर्ने बोइलरबाट आगलागी भएको हुन सक्ने प्रारम्भिकअनुसन्धानले जनाएको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment