इजरायलमा हुने शिक्षा तालिममा तीन नेपाली छनोट
####good
२५ पुस, काठमाडौं । इजरायलमा हुने अन्तराष्ट्रिय विशेष शिक्षा तालिमका लागि तीनजना नेपाली छनोट भएका छन् । विशेष स्कुल तथा पुनस्थापना केन्द्र एसएसडीआरसीकी संचालिका सविता उप्रेतीसहित तीन नेपाली छनैट भएका हुन् ।
जनवरी १२ देखि फेब्रुअरी ६ सम्म हुने तालिम तथा सम्मेलनमा उप्रेतीसहित अक्टिजम कियर नेपालकी सिजन शाक्य र सिपी सेन्टरकी सिर्जना श्रेष्ठ जान लागेका हुन् । इजरायलमा हुने सो कार्यक्रममा नेपाललगायत १० देश सहभागी हुनेछन् ।
काठमाडौं चार वर्षअघिदेखि विशेष स्कुल तथा पुनस्थापना केन्द्र खोलेर अपाङ्गता भएका बालबालिकालाई  स्याहारिरहेकी दोलखाकी सबिता उप्रेतीले उक्त तालिम फलदायी  हुने बताइन् । सबिताले उक्त कार्यक्रममा नेपालको कला संस्कृतिलाई चिनाउने लक्ष्य लिएकी छिन ।
सबिता अमेरिका जानका लागि परेको  डिभी र अधिकृततहको जागिर त्यागेर मानव सेवामा अग्रसर रहेकी हुन् ।  इजरायलमा रहेका नेपाली समुदायसँग भेटघाट कार्यक्रम रहेको बताउँदै उप्रेतीले आवश्यक सहयोग गरिदिन इजरायलमा रहेका नेपालीमा अनुरोध गरेकी छन् ।


####




0 comments

Write Down Your Comment