घुसकाण्डमा गन्हाएका भास्कर एमालेमा प्रवेश
####good
२५ पुस, काठमाडौं । म्यानपावर दर्ताका लागि व्यवसायीसँग घुस मागेको काण्डमा मुछिएका नेकपा माले बैकल्पिक केन्द्रीय सदस्य भाष्कर काफ्ले एमालेमा प्रवेश गरेका छन् । मालेका केन्द्रीय सदस्य देउमान सम्बाहाम्फे, महिला संघकी सचिव चन्द्रकला सब्बासहित काफ्ले बिहीबार एमाले अध्यक्ष झलनाथ खनालको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।बाबुराभ भट्टराई नेतृत्वको सरकारमा रहेका श्रममन्त्री कुमार बेलबासले म्यानपावर व्यवसायीसँग घुस माग्दा भास्करले मध्यस्थकर्ताको भूमिका खेलेका थिए । तत्कालीन प्रधानमन्त्री भट्टराईको निर्देशनपछि बेलबासले मन्त्री पदबाट राजीनामा दिएका थिए । बेलबासे र भास्करले घुस मोगेको भएपछि मालेले भने भास्करलाई मात्र कारबाही गरेको थियो ।
मालेको नेतृत्व व्यक्तिवादी भएको भन्दै भास्करले एमाले पूरानो घरमा फर्किएको बताए । कार्यक्रममा एमाले अध्यक्ष खनालले भने एमाले कम्युनिष्ट आन्दोलनको मूलधार भएको भन्दै माउ पार्टीमा र्फकन पूर्व नेताहरुलाई आग्रह गरेका छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment