'गरिबलाई जाडो न गर्मी'
####good
नेपालगन्ज, पुस २५ - बागेश्वरी मन्दिर पूर्व शिवको मुर्ती पछाडीको खुला चौरमा  अशक्त र असहाय  बाबुलाल क्षेत्री बिहीबार बिहान थोत्रा थाङ्नाले जीउ छोप्ने प्रयास गर्दै  थिए ।
गाँस र बासबिहीन बाबुलाल घर परिवारले हेला गरेपछि भगवान भरोसे भएको  ३ महिना भयो ।  उनको अवस्था देख्ने र बुफ्ने अहिलेसम्म भेटेका छैनन् । 'छोरा छोरी छन् । कसैले वास्ता गर्दैनन्',  शीतलहरले भिजेका क्षेत्रीले रुँदै भने,'हामीजस्ता असहाय र गरिबलाइ कसले हेर्छ र ?'
जाडो होस् वा गर्मी मौसमले पनि गरिबलाई नै दुःख  दिन्छ । यस्तै मारमा परेका छन् रोल्पाकै सुरेश घर्तिमगर । मगरले पनि  बाबुलालको जस्तै कष्टकर दिनहरु बिताइरहेका छन । 'मैले त खुट्टा टेक्न सक्छु । हात मात्र चल्दैन्', बाबुलाललाइ रेखदेख गर्दै आएका मगरले भने,'यी बुढाको त खुट्टा पनि चल्दैन । '
रोल्पाबाट नेपालगञ्ज आएका दुवैसँग चिसोमा ओढ्ने कपडा पनि छैन् । थोत्रा थाङ्नामा काप्दै रूनुबाहेक उनीहरुसँग अर्को बिकल्प छैन ।
यस्ता  असहायका  लागि न  भगवान छन नत मानिसनै । ' भगवान  भइदिएको भए यो हालत हुने थिएन ' बाबुलालले भने ।

####




0 comments

Write Down Your Comment