कर्णबहादुर थापा मन्त्री बन्दा बाजुरामा खुसियाली जुलुस
####good
१४ फागुन, बाजुरा । एमाले नेता कर्णबहादुर थापा उद्योगमन्त्री बनेपछि उनको गृहजिल्ला बाजुरामा स्थानीयले बाजागाजासहित खुसीयाली मनाएका छन् । थापा मन्त्री भएको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएपछि जिल्लाबासी सदरमुकाम मार्तडीमा भेला भएर खुसियाली मनाएका हुन् । दोस्रो संविधान सभा निर्वाचन बाजुराबाट विजयी थापा गणतन्त्र स्थापनापछि जिल्लाको पहिलो मन्त्री भएकोमा जिल्लाबासी खुसी भएका हुन् । जिल्लाबाट दोस्रो मन्त्री बन्न सफल उद्योग मन्त्री थापाले सपथ ग्रहणपछि आफूलाई मन्त्री बनाउन योगदान दिने बाजुराबासी सबैलाई धन्यवाद दिएका छन् । ०४५ सालबाट ल क्याम्पसमा अनेरास्वबियबाट राजनीति थालेका थापा एमाले बाजुराका संस्थापक मध्ये एक हुन् । तीन पटकको प्रयासमा थापाले दोस्रो संविधानसभा निर्वाचनमा जित निकालेका थिए । थापाले एमालेका प्रत्यक्षबाट निर्वाचित ९१ जनामध्ये सबैभन्दा बढी २२ हजार ४ सय ५८ मत प्राप्त गरेका थिए ।

####




0 comments

Write Down Your Comment