समाचार
»
नरेशको फोटो अब टिसर्टमा, मह जोडीले गरे सम्मान
नरेशको फोटो अब टिसर्टमा, मह जोडीले गरे सम्मान
स्टेज कार्यक्रमदेखि रेडियोमा समेत निक्कै सफल मानिएका संचारकर्मी नरेश भट्टराई काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा सम्मानित भएका छन् । उनलाई ‘भ्वाइस अफ नेपाल’ उपाधीबाट सम्मानित गरिएको हो । बिगत १७ बर्षदेखि बोलीकै कारणले चर्चामा रहेका भट्टराइलाई कलश इभेन्ट्सले एक कार्यक्रमको आयोजना गर्दै यो उपाधी दिएको हो । कार्यक्रममा प्रमुख अतिथी हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हातबाट उनलाई सम्मान प्रदान गरिएको हो । कार्यक्रममा नरेशको सम्मानमा तयार पारिएको चित्र अंकिट टिसर्ट पनि सार्वजनिक गरिएको थियो ।

आफ्नो तस्बिर अंकित टिसर्ट सार्वजनिक भएपछि भट्टराई निक्कै खुशी देखिएका थिए । टिसर्टमा भट्टराइले माइक्रोफोनका अगाडि कार्यक्रम चलाउँदै गरेको तस्बिर राखिएको छ । भट्टराइले सम्मानित भएपछि खुशी व्यक्त गर्दै आफ्नो बोल्ने कलालाई जारी राख्ने बताए । कार्यक्रममा मह जोडीका साथै यादव खरेल, बसुन्धरा भुषाल, दिनेश अधिकारी, सुनिल रावल लगायतका अतिथी पुगेका थिए । नेपाली संचार जगतमा नरेश भट्टराई एउटा चर्चित नाम हो ।
0 comments
Write Down Your Comment