छैटौं दिन साइकलयात्री घुम्टेको चुचुरोमा
####good
बिहीबार बेलुका हिल गाविसमा पुगेर बास बसेको साइकल यात्रीको समूह शुक्रबार बिहानै ४ बजे घुम्टे लेक ताकेर अघि बढेको केन्द्रका उपाध्यक्षसमेत रहेका गौचनले जानकारी दिए । साइकलयात्रीहरुले घुम्टेको चचुरोमा नेपालको राष्ट्रिय झण्डा र केन्द्रको झण्डा फहराएको जनाइएको छ । केही घण्टा चुचुरोमै बिताएर साइकलयात्रीहरु साँझसम्म पर्यटकीय गाउँ पाण्डवखानी ओर्लने कार्यक्रम रहेको पर्यटन विकास केन्द्रका सचिव राज थापाले बताए । शनिबार हटियामा एक समारोहको आयोजना गरी साइकलयात्रा समापन गरिने बताइएको छ । राजधानी काठमाडौँदेखि करिब ४५० किलोमिटरको दूरीमा साइकल यात्रा गरिएको हो । धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक हिसाबले पनि महत्वपूर्ण घुम्टेको लेक यस क्षेत्रको प्रमुख पर्यटकीय सम्भावनाको क्षेत्र हो ।
केन्द्रले घुम्टेलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न २०७० साललाई घुम्टे पर्यटन वर्षका रुपमा पनि मनाइरहेको छ । पर्यटन वर्षकै अवसर पारेर साहसिक साइकलयात्राको आयोजना गरिएको हो । साइकल यात्रीमा एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य कृष्ण केसीसमेत रहेका छन् । करिब साढे तीन लाख खर्चमा साइकल यात्रा सम्पन्न हुने जनाइएको छ । केन्द्रले आगामी चैत २१ र २२ गते गर्न लागेको राष्ट्रिय गुराँस उत्सवलाई सम्पन्न गर्न सबैसँग अपिल पनि गरेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment