मेडिकल कलेज सञ्चालक सभासदले भने- अनसन बस्नु नपरोस्
####good
१२ फागुन, काठमाडौं । नेकपा एमालेका सभासद राजेन्द्र पाण्डेले निजी मेडिकल कलेजहरुलाई सम्वन्धन नदिए संसद भवन अगाडि आमरण अनशन बस्ने चेतावनी दिएका छन् । मनमोहन मोमोरियल मेडिकल कलेजका सञ्चालक समिति अध्यक्ष समेत रहेका सभासद पाण्डेले सोमबारको संसद बैठकमा सम्वन्धन नदिन भन्दै शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले गरेको आमरण अनशनलाई नाटकको संज्ञा दिए । ‘सम्वन्धन नदिन माग गर्दै आमरण अनशनका नाटक समेत देखिए’ उनले संसदमा बोल्दै भने-’अब मेडिकल कलेजलाई सम्वन्धन नदिने हो भने यो अन्तराष्ट्रिय सम्मेलन केन्द्रको गेटमा आमरण अनसन बस्नुपर्ने अवस्था आउँछ ।

’ सरकारी समितिले मनसाय पत्र दिएपछि र निजी क्षेत्रले करोडौं खर्च गरेर पूर्वाधार बनाइसकेपछि सम्वन्धन दिन्न भन्नु गलत भएको भन्दै उनले सम्वन्धन रोक्ने निर्णय हटाउन सदनले सरकारको ध्यानाकर्षण गराउन समेत माग गरे । पाण्डे सञ्चालक रहेको अस्पतालले सम्बन्धन नपाएको आक्रोश पाण्डेले व्यवस्थापिका संसदमा पोखेका हुन् । मनसाय पत्र पाएपछि १०० रोपनी जग्गा, ३०० सैयाको अस्पतालसहितका डेढ अर्ब खर्च गरिसकेपछि सरकारकै अर्को निकायले सम्वन्धन रोक्नु जायज नभएको पाण्डले बताए । गुणस्तर नभएका मेडिकल कलेजहरु बन्द गर्नुपर्ने बताउँदै उनले भने-’जहाा मेडिकल कलेज सञ्चालन गर्न योग्य छ भने त्यहाँ बन्द गर्न पाइँदैन । गुणस्तर नभएकाले बन्द गरे हुन्छ ।’ नेपालमा पर्याप्त मेडिकल कलेजहरु नभएकै कारण मेडिकल अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुबाट २० अर्ब बढी पुाजी पलायन भइरहेको उनले बताए । नेपालमा मेडिकल कलेजलाई सम्बन्धन नदिँदा जनताका छोराछोरीले डाक्टरी पढ्न नपाएको पाण्डेले बताए 
####




0 comments

Write Down Your Comment