पैसा लुट्न नसकेपछि सोलुखुम्बुका होटेल ब्यवसायीको हत्या
####good
१२ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको चौरीखर्क-५ फाक्दिनस्थित स्टार होटलका मालिक ग्याल्जेन शेर्पाको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनैजनालार्इ प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सार्वजनिक गर्यो । गत माघ १९ गते सााझ ७ बजे नकाब लाएर आएका तीनजनाले पेस्तोल देखाएर रकम माग गर्दा इन्कार गरेका ५३ वर्षीय शेर्पालार्इ होटलमै गोली हानी हत्या गरेको अभियोगमा तीनजना प्रहरीका फन्दामा परेका हुन् । हत्या अभियोगमा पक्राउ पर्नेहरूमा वाकु-४, सोलुखुम्बुका ट्रेकिङ गाइड २३ वर्षीय निमाडेन्डी शेर्पा, जलेश्वर-३, खोटाङका ट्रेकिङ भरिया शरण कुमार राई र गुदेल-९, सोलुखुम्बुका १९ वर्षीय ट्रेकिङ गाइड अनिल रार्इ रहेका छन् ।शेर्पालार्इ गोली हानेर हत्या गरेपछि उनीहरूले मृतकका आफन्तलाई धम्क्याई ठूलो मात्रामा रकम माग गरेको विवरण केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त अनुसन्धानबाट खुलेको हो । घटनाका मूख्य योजनाकार निमाडेण्डीले चौरीखकर्कै अर्का ब्यक्तिसँगको रिसिबीको बदला लिन भनेपछि त्यहाँ पुगेका तीनैजनाले खोजिएको व्यक्ति नभेटिएपछि पैसा लुट्ने उद्देश्यले होटल ब्यवसायी शेर्पामाथि गोली प्रहार गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । घटना सुनियोजित भएको जनाउँदै प्रहरीले हत्यामा प्रयोग गरिएका हतियारको व्यवस्थापन गरेको बयान निमाडेण्डीले दिएको न्यौपानेले बताए ।
हत्यापछि फरार भएका तीनैजनालार्इ प्रहरीले फरक फरक स्थानबाट पक्राउ गरेको हो । हत्याका मूख्य योजनाकार निमाडेण्डीलार्इ सोलुको लुक्ला बजारबाट, शरणलार्इ सोलुकै नाम्चे बजारबाट र अनिललार्इ काठमाडौंको चाबहिलबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनाबाट होटल ब्यवसायी शेर्पाको हत्यामा प्रयोग भएको नाइन एमएम अमेरिकन अटोमेटिक पेस्तोल एउटा, कटुवा पेस्तोल २ वटा, मोबाइलका सिमकार्ड तीनवटासहित अन्य सामग्री बरामद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको हो ।
####
.jpg)



0 comments
Write Down Your Comment