एनआरएन दुबईद्वारा अनाथ आश्रमलाई सहयोग
####good
अबुधावी । गैरआवसिय नेपाली संघ, दुबई क्षेत्रिय समिति यूएईले अनाथ आश्रमलाई सहयोग गरेको छ । चितवनको पुर्वी बकुल्लहरस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहाराको घर) नामक संस्थालाई सहयोग गरेको हो । समितिले साहाराको घर नामक संस्थामा आश्रित बालबालिकाहरुको लागि ५० हजार नेपाली रुपैयाँ बराबरको जिन्सी सामान (फर्निचर,खाद्यान्न सामाग्री तथा स्टेसनरी आदि) सहयोग गरेको हो ।अनाथ आश्रममा रहेका बालबालिकालाई अफ्ठ्यारो परेको सामाजिक सन्जाल मार्फत जानकारी पाएका नेपालीहरु मिलेर आर्थिक संकलन गरेका थिए । गैरआवासीय नेपाली संघ यूयई, दुबई क्षेत्रीय समितिका अध्यक्ष दामोदर दाहालको संयोजकत्वमा संकलित रकम क्षेत्रीय समितिका सदस्य अमर गुरुङले चितवन स्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्रलाई हालै हस्तान्तरण गरेका हुन् ।
####
.jpg)



0 comments
Write Down Your Comment