नेपाल र चीनवीच ५६ उडान गर्ने सम्झौता
####good
१३ फागुन, काठमाण्डौ । नेपाल र चीनवीच सातामा दुवै देशले सातामा ५६ वटासम्म उडान गर्न पाउनेगरि हवाई सम्झौता भएको छ । यसअघि सातामा १४ वटामात्र उडान गर्ने प्राबधान रहेको हवाई सम्झौतालाई संसोधन गर्दै तत्कालका लागि ५६ उडान र र बार्षिकरुपमा सातामा ७ उडान थप्नेगरि सम्झौता भएको हो । सोमबार पर्यटन मन्त्रालयमा पर्यटन सचिव सुशील घिमिरे र चिनियाँ नागरिक उड्डयन प्राधिकरणका उपप्रशासक जिया जिङहुवावीच संसोधित सम्झौतापत्रमा हस्ताक्षर भयो । ‘यो सम्झौताअनुसार आगामी दुई बर्षमा हरेक बर्ष साप्ताहिकरुपमा ७ वटा सिधा उडान थप गर्न सकिने छ’ पर्यटन मन्त्रालयका सससचिव सुरेश आचार्यले भने–‘सन् २०१६ सम्म दुवै देशले हप्तामा ७० वटा उडान भर्न सक्नेछन् ।

’ नयाँ सम्झौताले दुवै मुलुकलाई जुनसुकै प्रकारको बिमानबाट असिमित कार्गो उडान गर्ने अधिकार दिएको छ । साथै दुई पक्षीय र तेस्रो पक्षीय कोड सेयरिङको प्राबधानलाई पनि खुला गरिएको छ । यो सम्झौताले नेपाली हवाई सेवालाई ल्हासा उडान गर्ने अनुमति दिएको छ । यसअघि चीनले नेपालका निजी कम्पनीहरुलाई त्यस्तो अनुमति दिएको थिएन् । जसले गर्दा काठमाण्डौ–ल्हासाको एकतर्फि उडानका लागि साढे ४ सय डलरको महंगो शुल्क तिर्नुपर्दथ्यो । सहसचिव आचार्यका अनुसार नेपाली बायुसेवा कम्पनीले चाहेका बेला अब ल्हासाको उडान सम्भव हुने छ । यसैगरि चीनले त्यहाँको सवैभन्दा पुरानो शहर जियानमा नेपाली बायुसेवा कम्पनीलाई उडान गर्ने अनुमति दिएको छ । अब नेपाली बिमान चेङदु, ल्हासा, बेइजिङ, कुनमिङ, सांघाई, ग्वाङजाउ र जियान गरि ७ वटा शहरमा उड्न पाउने छन् ।

नेपाली पक्षले कैलाश मानसरोवरका लागि सर्कल उडान गर्न नेपाली हेलिकोप्टर कम्पनीलाई अनुमति दिन माग गरेको थियो । यस बिषयमा सम्बन्धित अधिकारीसँग छलफल गरेर प्रतिक्रिया दिने चिनियाँ प्रतिनिधिले आश्वासन दिएका छन् । सिचुवान नेपाल आउन इच्छुक यसैवीच चिनियाँ पक्षले त्यहाँको सिचुवान एयरलाइन्सले नेपाल उडानका लागि इच्छा देखाएको नेपाली पक्षलाई जानकारी दिएका छन् । हाल चीनका एयर चाइना, चाइना साउदर्न र चाइना इष्टर्न एयरलाइन्सले नेपाल उडान गर्दै आएका छन् । पछिल्ला दिनमा नेपालमा चिनियाँ पर्यटकको संख्यामा बृद्धि भइरहेका बेला हस्ताक्षर भएको नयाँ सम्झौता नेपालको पर्यटन बिकाशमा सहयोग पुग्ने अपेक्षा गरिएको छ
####




0 comments

Write Down Your Comment