हाइटका कारण प्रेमबाट बञ्चित युवकले पाए प्रेमिका
####good
सामान्यतः चिनियाँहरुको उचाई कम हुन्छ । त्यसैले पछिल्लो दिनमा चिनियाँ केटाकेटीलाई क्यालसियम खुवाएर उचाई बढाउने फेसनै चलेको छ । चिनियाँ युवतीहरु अग्ला केटा रुचाउँछन, केटाहरुले पनि हाइट भएकी केटी खोज्छन् । तर, धेरै उचाई भएका वांग शियाङले ठूलो समस्या झेल्दै आएका छन् । युवतीहरु उनीबाट टाढिन्छन् । यही समस्याका कारण लामो समयदेखि सिंगल रहेका सियाङले भर्खरै प्रेमिका भेटेका छन् । उनलाई एक गल्र्डफ्रेण्डको आवश्यकता थियो, जसका लागि उनले विज्ञापन समेत गरेका थिए । हालै भ्यालेन्टाइन डेमा उनले जियाओ होंगलाई प्रेमिका बनाएका छन् । तर, उनीहरुको उचाई भने मिल्दैन ।






 वांग शियाङ ७ फिट ४ इन्च अग्ला छन् भने उनको प्रेमिकाको उचाइ ५ फिट १ इन्च मात्र छ । विज्ञापन देखेर नै आफूले वाङलाई रोजेको होङले बताइन । विज्ञापनकै आधारमा उनी भ्यालेन्टाइन डेमा वाङलाई खोज्दै हुलु माउन्ट सिनिक पार्कमा गएकी थिइन् , जहाँ वाङ काम गर्छन् । विज्ञापन छापिएपछि वाङलाई जम्मा दुई ठाउँबाट सोधपुछ भएको थियो, जसमा भेट्न आउने होंग एक्ली हुन् । उनी भन्छन्–मसँग डेटमा जान चाहने युवती निकै कम छन् । यसको कारण गरिबी र मेरो उचाई हो ।’ 
####




0 comments

Write Down Your Comment