‘स्पाइडरम्यान’का हिरो-हिरोइनले नेपालमा सहयोग गर्ने(भिडियो)
####good
हलिउडको चर्चित सुपरहिरो सिनेमा ‘स्पाइडरम्यान’का अभिनेता एन्ड्रिउ गारफिल्ड र अभिनेत्री एमा स्टोनले नेपालको बायोग्याँस अभियानमा सहयोग गर्ने भएका छन् । राष्ट्रसंघिय नियोग डब्लुडब्लुएफले संचालन गरेको अर्थ आवर कार्यक्रम अन्र्तगत नेपालको तराई क्षेत्रका बालबालिकालाई सहयोग गर्न हलिउड चर्चित कलाकारले आफ्नो हात अघि बढाएका हुन् । यही अभियानका लागि उनले ‘स्पाइडरम्यान’को आगामी सिक्वेललाई सिंगापुरमा च्यारेटी पनि गर्ने भएका छन् । एन्ड्रिउप्रति खुशी व्यक्त गर्दै नेपाली बालबालिकाले ‘आई लभ यू स्पाइडरम्यान’ भन्दै भिडियो सन्देश पनि पठाएका छन् । यो चलचित्र विश्वकै बालबालिकामा निक्कै लोकप्रिय छ । हलिउड हिरोले दाउरा टिप्न जानुको सट्टा बालबालिकालाई स्कुलमा आकर्षण गर्न आफू अगाडि बढेको जनाएका छन् । एन्ड्रिउको प्रेमिका समेत रहेकी एमाले पनि खुशी व्यक्त गरेकी छिन् । डब्लुडब्लुएफले संसारका ७ हजार सहर र १५४ देशमा अर्थ आवर मुभमेन्ट संचालन गर्ने भएको छ । यसअघि ‘टाइटानिक’ हिरो लियोनार्दो डिकाप्रियोले पनि नेपालको बाघ संरक्षणका लागि ३० करोड रुपैयाँ सहयोग गरेका थिए ।  
####




0 comments

Write Down Your Comment