रंगको पर्व होली मनाइँदै (फोटोफिचर)
####good
 २ चैत, काठमाडौं । रंगहरूको पर्व होली विशेष उल्लासका साथ मनाइँदैछ । होलीलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भाव दर्शाउने पर्वको रुपमा लिइन्छ । दैत्यराज हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने आगोबाट सकुशल निस्केको प्रसंग पुराणमा उल्लेख छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी होलिका मारिएको अवसरमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रंग, अबीर खली खुशीयाली मनाई होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ । उपत्यका तथा पहाडी क्षेत्रमा होली आज मनाइए पनि तरार्इ क्षेत्रमा भने भोलिमात्र मनाइन्छ


















####




0 comments

Write Down Your Comment