धनकुटमा धमाधम सुविधायुक्त होटल खुल्दै
####good
धनकुटा सदरमुकाममा मात्रै साना ठूला गरेर ५ सय बढी होटल सञ्चालनमा रहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङले बताए । धनकुटा बजारमा भन्दा हिले बजारमा पछिल्लो समय अत्याधुनिक होटल खुलेका होटल एसोशिएसन अफ धनकुटाका उपाध्यक्ष हर्कबहादुर राईले बताए । उनले आधुनिक होटलहरु हिले बजारमा खुलेपछि स्वदेशी तथा विदेशी पर्यटकहरुको चाप बढेको दावी गरे । धनकुटा बजार आसपासमा चुलीवन, सल्लेरी वन, ठूलो घर, क्षेत्रीय संग्रहालय, निशानथान देवी मन्दिर र देउराली वन लगायतका पर्यटकीय क्षेत्रहरु रहेका छन् । यी क्षेत्रमा पर्यटकको पहुँच बढाउन विभिन्न कार्यक्रम र प्रचारप्रसार भइरहेको नमस्ते नेपालका अध्यक्ष विजयसन्तोषी राईले बताए । पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्ने कार्यक्रम बढ्दै गएपछि होटल व्यवसायमा लगानीकर्ताहरु आकषिर्त भएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष गोङ्वा तामाङ्गले बताए ।भेडेटारमा पनि होटल थपिँदै देशकै चर्चित पर्यटकीय स्थलमध्येको भेडेटारमा पनि नयाँ होटल खुल्ने क्रम बढेको छ । तराईका जिल्लाको मुख्य गन्तव्य भेडेटारमा पर्यटकको संख्या बाक्लिँदै जाँदा होटलहरुको संख्यामा पनि बृद्धि भएको छ । भेडेटारमा अन्तरिक तथा बाहृय पर्यटकहरुको संख्या बढ्न थालेपछि होटल खुल्ने क्रम तीब्र भएको होटल एसोसिएसन अफ भेडेटारका सचिव जितेन्द्र रुम्दालीले बताए । भेडटारमा खाने बस्ने व्यवस्था भएका होटलको संख्या दुई दर्जन बढी छ । केही होटलहरु निर्माणाधीन अवस्थामा छन् । सुविधायुक्त होटल बनेपछि विराटनगर, इटहरी र धरानमा गरिने गोष्ठी, सेमिनार र तालिम भेडेटारमा हुन थालेका छन् । होटल पाउन एकहप्ता अघि नै बुकिङ गर्नुपर्ने एशोसियसन भेडेटारका सचिव रुम्दालीले बताए । भेडेटारमा आन्तरिक तथा बाहृय पर्यटकबाट दैनिक १० लाख बराबरको आर्थिक कारोबार हुने गरेको व्यवासायीहरु बताउँछन् । पछिल्लो समय पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्ने कार्यक्रम बढेपछि धनकुटाका पर्यटकीय गन्तव्य मानिएका हिले, पाखि्रबास, सिधुँवा, राजारानी, डाँडाबजारलगायत क्षेत्रमा पनि अहिले नयाँ होटल खुल्ने क्रम बढेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment