कुवेतमा दुर्घटनामा परेपछि अपूरो भो ऋषिको सपना
####good
घटना हो कुवेतको । पैसा कमाउन कुवेत गएका झापा गोल्धाप निवासी ऋषिराज त्रितालको कुवेत मा नै मुत्यु भएको हो । गत चैत एक गते विहान कुवेतमा सडक दुर्घटनामा परेका ३६ वर्षीय त्रिताल को मुत्यु भएको हो । मुत्यु भएका त्रितालको शनिवार दिउँसो १ बजे घर मा शव ल्याइएको थियो । शव घरमा ल्याएसँगै गोलधाप बासीहरु शोकमा डुवेका छन् । गोलधाप ४ लंगडा चौकका त्रितालले संगालेको मिठो सपना समेत चकनाचुर भएको हो । ६८ सालको कात्तिकमा कतारबाट फर्किएर अझ धेरै कमाउन कुवेत गएका त्रितालको आउँदो दशैमा मात्रै घर आउने तयारी थियो तर चैते दशै आउनु अघि नै त्रितालले बुढेशकालमा बुवा आमालाइ छोडेर गएका छन् ।
उता मृतकका एक मात्रै दाजु विष्णु भने भाइको मुत्युको समाचार सुनेर पनि घरमा रहन पाएनन् । उनको नेपाली सेनाको शान्तिसेनामा लेवनानको लागि चैत्र २ गतेको टिकट भइसकेकोले पनि दाजु विष्णुले भाइको शव भेट्न सकेनन् । बुवा योगराज र आमा जानुकासँग गहभरी आँशु बगाउन बाहेक अर्काे विकल्प नै थिएन ।
कत्रो ठूलो कमिलो : श्रम, बुद्धि र सामाजिक मेलमिलापको प्रतिकका रुपमा चिनिने कमिलोको पूर्णकदको प्रतिमा हो यो । कलाकार विक्रमश्रीले तयार गरेको यो प्रतिमा मोरङ्गको बेतना सिमसारमा राखिएको छ । कमिलाको प्रतिमा हेर्नको लागि यतिबेला आन्तरिक पर्यटकको ओइरो नै लाग्न थालेको छ । कमिलाको प्रतिमा नेपालमै पहिलो पटक स्थापना गरिएको बुझिएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment