साउदीबाट निकालिए लाखौं कामदार
####good
 ९ चैत, काठमाडौं । साउदी अरबले त्यहाँ कार्यरत विदेशी कामदारमाथि कडाइ गर्न थालेको छ । श्रम स्वीकृति नलिएका अवैध कामदारमाथि कारवाही सुरु गरिएपछि यसको असर त्यहाँ रहेका हजारौं विदेशी कामदारमाथि परेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीले साउदी अरेबियाका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल अहमद अल लहिदानलाई उधृत गर्दै दिएको जानकारी अनुसार साउदीमा १८ हजार अवैधानिक प्रवासी कामदारलाई हिरासतमा लिइएको छ । साउदीमा रोजगारसम्बन्धी नयाँ कानून बनेपछि त्यहाँको सरकारले ९० लाख आप्रवासी मजदुरको पहिचान गरेको बीबीसीले लेखेको छ । साउदी सरकारले ९० लाख विदेशीलाई निकालेर स्वदेशीलाई रोजगारीको अवसर दिन सकिने निश्कर्ष निकाल्न थालेको बताइएको छ । स्रोतहरुका अनुसार साउदीमा बेरोजगारी दर १२ प्रतिशत रहेको छ । साउदी सरकारले ल्याएको नयाँ श्रम कानूनअनुसार जुनसुकै कम्पनीले अब कम्तिमा १० प्रतिशत स्वदेशी कामदार राख्नुपर्ने छ । बीबीसीले जनाएअनुसार कामदार निस्काशनको असर भारतमा समेत परेको छ । साउदीमा कार्यरत २० लाख भारतीय कामदारमध्ये आइतबार अबैधानिक कामदारको समयसीमा समाप्त हुनुअगावै ९० प्रतिशत त्यस्ता कामदारहरु भारत फर्किइसकेका छन् । साउदी सरकारको यो निर्णयले भारतलाई आर्थिकरुपमा पनि प्रधान पार्नसक्ने विश्लेषण गरिएको छ । भारत सरकारले पछिल्लो वर्ष विदेशबाट करिब ७० लाख डलर बराबरको रोयल्टी प्राप्त गर्दै आएको थियो । नेपालीलाई समेत असर पछिल्लो तीन महिनामा करिब १० लाख बंगलादेश, भारत, नेपाल, पाकिस्तान, यमन लगायतका देशबाट साउदी पुगेका कामदारहरु फर्किइसकेका छन् । यसले नेपाली कामदारहरु साउदी जान निरुत्साहित हुने स्थिति देखिएको छ ।
####




0 comments

Write Down Your Comment