हराइरहेको बिमानका चालक जाहिरी अहमदको क्वालालम्पुरस्थित घरमा प्रहरीको छापा !
####good
मलेसियाका प्रधानमन्त्री नाजिब रजाकले फ्लाइट एमएच३७० को सञ्चार प्रणाली कसैले बन्द गरिदिएको दाबी गरे । स्याटलाईट र राडारको आधारमा संकलित सूचनामा बिमानले बाटो परिवर्तन गरेको देखिएको उनले बताए । सञ्चार प्रणाली बन्द गरेपछि बिमान थप ७ घण्टा उडेको हुनसक्ने मलेसियाली अधिकारीको निश्कर्ष छ ।
हराइरहेको बिमानबारे मलेसियाको आधिकारीक धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री रजाकले मलेसियाको पूर्वी समुद्री किनारमा पुगेपछि बिमानको सञ्चार प्रणाली बन्द गरिएको प्रमाण पाइएको बताए ।
मलेसिया र भियतनामको ट्राफिक कन्ट्रोलको बीचमा बिमानको पहिचान चिन्ह दिने ट्रान्सपोन्टरको स्वीच अफ गरिएको प्रधानमन्त्रीले भने ।
मलेसियाली सैनिक राडारले बिमान मलेसियातर्फ फर्किएर उत्तर-पश्चिमदिशातर्फ लागेको संकेत दिएको थियो ।
प्रधानमन्त्री रजाकले राडारको सम्पर्क बिच्छेद भइसकेपछि स्याटेलाइटलेसात घण्टाभन्दा बढी बिमान उडेको संकेत देखाएको जानकारी दिए ।
उनले नयाँ तथ्यसँगै खोजी कार्य नयाँ चरणमा प्रवेश गर्ने जानकारी दिए । उनले खोजीमा संलग्न अधिकारीहरु अब बिमान र त्यसमा सवार यात्रुबारे केन्द्रीत रहने बताए ।
प्रधानमन्त्रीको पत्रकार सम्मेलनलगत्तै प्रहरीले बिमान चालक जाहिरी अहमदको क्वालालम्पुरस्थित घरमा छापा मारेको छ ।
####
.jpg)


.png)

0 comments
Write Down Your Comment