मलेशियन विमान काठमाण्डौमा दुर्घटनाबाट बच्यो
####good
तर, चालकदलका सदस्यले घटनाबारे तत्कालै बिमानस्थल प्रशासनलाई जानकारी दिएनन् । जेट एयरवेजले घटनाबारे जानकारी दिएपछि मात्र बिमानस्थल प्रशासनले सूचना पाएको थियो । बिमानस्थलले मलेसियन एयरलाइन्सका क्याप्टेनलाई सोधेपछि मात्र उनले चरा ठोक्किएको स्वीकार गरेका थिए । मलेसियन एयरलाइन्स अबतरण गरेको केही मिनेटपछि जेट एयरवेज अबतरण गरेको थियो । जेटका चालकदलका सदस्यले रनवेमा शिसाका टुक्रा देखिएको सूचना बिमानस्थल प्रशासनलाई दिएका थिए । त्यसलगत्तै बिमानस्थलको सेवा बन्द गरेर रनवे निरिक्षण गरिएको थियो । त्यसक्रममा ठोक्किएका चराको भग्नावशेष र शिसाका टुक्राहरु भेटिएका थिए । बिमानस्थलका एक अधिकारीले भने- ‘निरिक्षणका क्रममा करिव १० वटा मृत चरा भेटिएका थिए, शनिवार बिहान पनि दुईवटा मृत चरा भेटिए ।’ घटना लुकाउन कोसिस गरेको भन्दै बिमानस्थलका कर्मचारीहरुले मलेसियन एयरलाइन्सका क्याप्टेनलाई कारवाही गर्न महाप्रबन्धक समक्ष माग गरेका छन् ।
####
.jpg)


.jpg)

0 comments
Write Down Your Comment