मन्त्रीको सम्पति विवरण सार्वजनिक गर्न अझै केही दिन लाग्ने
####good
मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
बैठकले सुपुर्दगीसम्बन्धी, सङ्गठित अपराध निवारण, निजामती सेवा तेस्रो संशोधन, नेपाल स्वास्थ्य सेवासहितका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरु संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को १५ दिनअघि बसेको बैठकले मन्त्रीहरुको सम्पत्ति १५ दिनभित्र सार्वजनिक गर्ने भनेकामा अबको दुई/तीन दिनभित्र सबै मन्त्रीको सम्पत्ति सार्वजनिक गरिने मन्त्री डा. रिजालले बताए ।
“मन्त्रीहरुको सम्पत्ति विवरण मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने क्रम लगभग सकिएको छ, बेग्लाबेग्लैभन्दा एकैचोटि सार्वजनिक गर्ने सोचअनुरुप दुई-तीन दिनभित्र वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक हुन्छ,” मन्त्री डा. रिजालले भने ।
बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम पनि परिमार्जनसहित पारित गरेको छ । सो कार्यक्रम सोमबारसम्म सार्वजनिक गर्ने तयारीमा सरकार छ ।
####
.jpg)




0 comments
Write Down Your Comment