क्रिकेट टोलीको बिदाई, प्रतियोगिताको लागि आतुर : पारस खड्का
####good
काठमाडौं, वैशाख १५ । एसीसी प्रिमियर लिग क्रिकेटमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि मलेसिया प्रस्थान गर्दैछ । टोलीलाई युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री पुरुषोत्तम पौडेलले बिदाई गरे ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् । यसैगरी, भेट्रान खेलाडीहरु मेहबुब आलम र राजकुमार प्रधान पनि टोलीमा फिर्ता बोलाइएका छन् ।

एसियाका टेष्ट नखेल्ने ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालसँगै अफगानिस्तन, युएई, हङकङ, ओमान र मलेसिया सहभागी छन् । जसमध्ये अफगानिस्तान, युएई र हङकङ एक दिवसीय मान्यता प्राप्त टोली हुन् ।

एसीसीले पहिलो पटक सञ्चालन गरेको प्रिमियर लिग क्रिकेटमा शीर्ष चार स्थानमा रहन सफल हुने टोलीहरुले एसीसीकै आयोजनामा हुने दुई दिवसीय क्रिकेट खेल्न पाउने भएकोले आफूहरु यो प्रतियोगिताको लागि निकै आतुर रहेको नेपाली टोलीका कप्तान पारस खड्काले बताए ।

नेपालले आप्mनो पहिलो खेलमा यही बिहीबार युएईको सामना गर्नेछ भने शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ । यसैगरी, तेस्रो खेलमा आइतबार ओमानसँग खेल्नेछ भने चौंथो खेल सोमबार हङकङसँग र पाँचौ खेल बुधवार अप्mगानिस्तानसँग खेल्नेछ । 

####




0 comments

Write Down Your Comment