बैंकका कर्मचारीलाई गोली हानी ३१ लाख ४२ हजार रुपैयाँ लुटपाट
####good

  • NEWS FLASH :::: 

पोखरा, वैशाख १५ - (अपडेट) पोखराको न्यूरोडमा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाको करिब साढे ३१ लाख रुपैयाँ लुटिएको छ । सहकारीमा संकलन भएको रकम लिएर फर्किने क्रममा यति विकास बैंकका कर्मचारी भगवान बराललाई गोली प्रहार गरी लुटेराहरुले रकम लुटेका हुन् ।

सहकारीमा दिनभर संकलन भएको ३१ लाख ४२ हजार रुपैयाँ यति बैंकमा जम्मा गर्न सहकारीबाट निस्कने बित्तिकै लुकेर बसेका ३ जना लुटेराले बराललाई गोली हानेका थिए । दिउँसो करिब साढे ४ बजे भएको घटनामा गोली लागि गम्भिर घाईते भएका यति विकास बैंकका कर्मचारी बरालको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटना लगत्तै प्रहरीले पोखराका सबै नाकामा चेकजाँचलाई कडा पारिएको प्रहरी नायव उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । घटनापछि पोखराको न्यूरोड यतिबेला तनावग्रस्त बनेको छ ।

####




0 comments

Write Down Your Comment