कन्काईमा मुलुककै लामो पक्की पुल बन्दै
####good
महाभारा (झापा), वैशाख १४ - हुलाकी राजमार्गअन्तर्गत दक्षिण झापाको कन्काई नदीमा मुलुककै लामो पक्की पुल निर्माण भइरहेको छ । ७ सय २५ मिटर लामो र ७ दशमलव ५ मिटर चौडा पुलले कुमरखोदबाट महाभारा गाविस जोड्छ । पूर्व-पश्चिम राजमार्गको कन्काई नदीमै हाल ७ सय ३ मिटर लामो पुल छ । यो पुललाई देशकै लामो पुलका रूपमा लिइन्छ । 'निर्माणाधीन हुलाकी मार्ग पुल अब मुलुककै लामो हुनेछ,' कांग्रेस झापाका उपसभापति देउमान थेवेले भने, 'पुल निर्माण तीव्र गतिमा भइरहेको छ ।'
वीरगन्जको पप्पु-महादेव जेभीले पुल निर्माण ठेक्का लिएको छ । दुई वर्षअघि नै पुल निर्माण सम्झौता भए पनि कम्पनीले भर्खरै निर्माण सुरु गरेको हो । सरकारको करिब ३० करोड लागतमा आगामी चार वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । 'विभिन्न प्राविधिक समस्याले सम्झौता भएको दुई वर्षपछि मात्रै निर्माण सुरु गर्नुपर्यो,' इन्जिनियर रामदेव साहले भने, 'तर दुई वर्षमा नभएको काम दुई महिनामै भइसकेको छ ।' यो पुलको कांग्रेस उपसभापति थेवेले गत माघमा शिलान्यास गरेका हुन् । त्यसयता निर्माण धमाधम छ ।
इन्जिनियर साहका अनुसार २० मध्ये १६ वटा स्तम्भ गाड्ने काम सकिएको छ । पहिला स्तम्भका लागि खाल्डो खन्ने अत्याधुनिक 'डि्रल मेसिन' नहुँदा काम ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ । भारतबाट मेसिन मगाएपछि अहिले पुल निर्माणले तीव्रता पाएको हो । 'महिना दिनभित्र सबै स्तम्भ गाडिसक्छौं,' इन्जिनियर साहले भने, 'त्यसपछि अरू काम अघि
बढाउँछौँ ।' उनका अनुसार सरकारले पुल निर्माणका लागि पहिलो चरणमा निकासा गरेको ३ करोड बजेट सकिन लागिसक्यो । थप बजेट उपलब्ध नगराए काम अघि बढाउन कठीन छ । साहले भने, 'चाँडै थप बजेट नआउँदा काम अघि बढ्न सक्दैन ।' ३ करोड फलामे डन्डी, सिमेन्ट, गिट्टी, इन्धन र श्रमिक खर्चमा सकिएको साहको भनाइ छ ।
हुलाकी सडक आयोजनाको प्रत्यक्ष रेखदेखमा पुल निर्माण भइरहेको छ । आयोजनाले कन्काई र मेचीसहित पूर्वका विभिन्न १४ नदीमा धमाधम पुल निर्माण गरिरहेको छ । आयोजनाका इन्जिनियर विवेक पाण्डेले थप बजेटका लागि पहल भइसकेको र चाँडै बजेट उपलब्ध हुने जिकिर गरे । आयोजनाले दोस्रो चरणका लागि करिब साढे तीन करोड बजेट निकासाका लागि सरकारलाई पत्राचार गरेको पाण्डेले बताए । 'थप बजेटका लागि पत्राचार भइसकेकाले पुल निर्माण रोकिने सम्भावना छैन,' उनले भने, 'निर्धारित समयमा निर्माण सम्पन्न हुने पक्का छ ।'

####
.jpg)

0 comments
Write Down Your Comment