चर्पी बनाउन २० करोड लगानी !
####good
१४ बैशाख, सिन्धुपाल्चोक । सरसफाइ अभियानमा होमिएका सिन्धुपाल्चोकका बासिन्दाले पछिल्लो दुई वर्षमा शौचालय निर्माणमा २० करोड रुपैयाँभन्दा बढी रकम खर्चेका छन्। सन् २०१५ भित्र सिन्धुपाल्चोकलाई खुला दिसामुक्त बनाउने सरकारी योजना छ। अभियान सञ्चालनपछि जिल्लामा जनस्तरबाट २९ हजार पक्की शौचालय बनेका छन्।
एउटा शौचालय निर्माणमा गाउँलेले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म खर्चेका छन्। औसतमा एउटाको ७ हजार रुपैयाँ मात्र राख्दा पनि अहिलेसम्मको लगानी कम्तीमा २० करोड रुपैयाँ हुने अभियानलाई सघाइरहेको सेवक नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र शर्माले बताए। ‘बिनाअनुदान यति ठूलो लगानीमा शौचालय बन्नु सामान्य होइन,’ उनले भनेको नागरिक दैनिकमा खबर छ। सन् २०१५ भित्र सिन्धुपाल्चोकलाई खुला दिसामुक्त बनाउन जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०६८ फागुनमा रणनीतिक कार्ययोजना बनाएपछि २०७९ वैशाखबाट अभियान सुरु भएको थियो।
कार्यालयका अनुसार ३१ गाविस खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्। केही पाइप लाइनमा छन्। ६२ हजार घरधुरीमध्ये अभियानअघि २५ हजार घरपरिवारमा मात्र शौचालय रहेकोमा अब ८ हजार परिवार मात्र शौचालयविहीन छन्। ‘धेरै बनिरहेका र केही बन्ने क्रममा छन्,’ डिभिजन प्रमुख इन्जिनियर मोहनलाल जौसीले भने। बाँकी शौचालय बन्दा २६ करोड रुपैयाँ लगानी हुने अनुमान छ। -

####
.jpg)

0 comments
Write Down Your Comment