खुकुरी प्रहारबाट सासूको मृत्यु, बुहारी घाइते
####good
३ बैशाख, झापा । अज्ञात समुहको खुकुरी प्रहारबाट झापाको चारपानेमा एकजना वृद्धाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
चारपाने-६ स्थित लालमाटीमा गयराति साढे नौ बजे साइकलमा आएका करिब १० जनाको समुहले खुकुरी प्रहार गर्दा ६५ वर्षीया तारा राजवंशीको मृत्यु भएको हो ।
घटनामा खुकुरा प्रहारबाट ३५ वर्षीया मिना राजवंशी गम्भीर घाइते भएकी हुन् । मिनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समुहका एकजनालाई घटनालगत्तै प्रहरीले पक्राउ गरेको छ ।
नाम, थर, ठेगाना नखुलेका २६ वर्षीया युवकलाई स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरी घाइते बनाएपछि प्रहरीलाई बुझाएका हुन् । गम्भीर घाइते युवकको मनमोहन अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षकको टोली र अञ्चल प्रहरी कार्यालय मेचीबाट प्रहरी वरिष्ट उपरक्षीकको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

####
.jpg)

0 comments
Write Down Your Comment