क्यानमा कांग्रेस, एमाले र माओवादीदेखि सुन व्यापारीसम्म
####good
एसीसी प्रिमियर क्रिकेटमा नेपालको सहभागिता अनिश्चित
३ बैशाख, काठमाडौं । विश्वकप खेलेर फर्किएपछि नेपाली क्रिकेट अघि बढ्नुको साटो ओरालो लाग्न सुरू गरेको आभास हुन थालेको छ । विश्वकप खेलेर फर्किएका खेलाडीहरु तलब भत्ता नपाएको भन्दै संर्घषमा उत्रिएका छन् । क्यान विघटन गरी नयाँ क्यान बनाउनुपर्ने मागमा उनीहरुले अडान लिइरहेका छन् । खेलाडीहरुसँग वार्ताको प्रयास जारी भए पनि उनीहरुले मलेसियामा बैशाख १८ गतेबाट हुने एसीसी प्रिमियर लिग खेल्ने/नखेल्ने अझै निश्चित छैन ।
तर, नेपाली क्रिकेट अपेक्षाकृतरुपमा अघि नबढ्नुको मूख्य कारण भने क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) राजनीतिक नेतृत्वको कब्जामा पर्नु र राजनीतिक रंगकै आधारमा सदस्यहरुवीच तिब दाउपेच चल्नु नै रहेको जानकारहरु बताउँछन् ।
माओवादी र गैरमाओवादीबीच चर्को ध्रुवीकरण र द्वन्द्वको मूल्य अहिले सम्पूर्ण नेपाली क्रिकेटले चुकाइरहनुपरेको छ । ०११ को डिसम्बेरमा क्यानको अध्यक्षमा निर्वाचित टंक आङबुहाङ एमाओवादीका केन्द्रीय सदस्य हुन् । दोस्रो संविधानसभामा एमाओवादीबाट उम्मेदवार भएका उनी पराजित भए ।
क्यान स्रोतका अनुसार क्यानको ३१ सदस्यीय कार्यसमितिमा अध्यक्ष आङबुहाङसहित एमाओवादीका  ९ जना छन् भने बैद्य माओवादीका एक सदस्य छन् । उनीहरु अधिकांश राजनीतिक कार्यकर्ता नै हुन् ।
यस्तै कांग्रेस, एमाले र फोरम लोकतान्त्रिकसम्म छन् । लामो समयदेखि क्रिकेट लागेका भए पनि केही कांग्रेसका सक्रिय कार्यकर्ता हुन् भने केही राजनीतिक रुपमा कांग्रेसप्रति आस्था राख्छन् । एमाले र फोरम लोकतान्त्रिकका एक-एक छन् । क्यानको बोर्डमा दुई जना व्यापारी पनि छन भने केही जो शक्तिमा पुग्छन्, उतै लाग्छन् ।
 क्यानका सात उपाध्यक्षमध्ये चारजना माओवादीका छन् । उपाध्यक्षहरु केशव घिमिरे, सुनिलमान अमात्य, दीपक कोइराला र रामचन्द्र शर्मा माओवादी हुन् । सचिव ठाकुरप्रसाद पहाडी र सदस्यहरु दिपाल साउद, रंजित तामाङ र संजिवकुमार पाण्डे पनि माओवादी हुन् । विपतराम चौधरी भने बैद्य माओवादीका हुन् । विद्यार्थी नेता रञ्जित र माओवादी कार्यकर्ता दीपक राष्ट्रिय खेलकुद परिषद्को कोटामा सदस्यमा नियुक्त भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष तारणीविक्रम शाह र उपाध्यक्ष श्रीनिवास राणा क्यानका पुराना पदाधिकारीहरु हुन् । उनीहरुलाई पहिलेका राजावादी भन्ने गरिन्छ । उपाध्यक्ष चतुरबहादुर चन्द कांग्रेसका महासमिति सदस्य हुन् भने विनोदकुमार मैनाली एमाले हुन् । आफूहरु राजनीतिक रुपमा कांग्रेस-एमाले भए पनि क्रिकेटबाटै क्यानमा आएका उनीहरुको दाबी छ ।
राजनीतिक चलखेल
चन्द तारणीसहितका वरिष्ठ अधिकारीहरुको समर्थनमा आङबुहाङ समूहलाई हटाउन चाहन्छन् । विनोदकुमार मैनाली भने क्यानको अध्यक्षदेखि राखेप सदस्य सचिवसम्मका लागि लविङ गरिहेका छन् ।
क्यानका सदस्य नरेशकुमार श्रेष्ठ, रत्नबहादुर कठायत, संजयराज सिंह पनि कांग्रेस हुन् ।
महासचिव अशोकनाथ प्याकुरेल र नेपालको पहिलो कप्तान उत्तम कर्मचार्यलाई पनि कांग्रेसप्रति आस्था राख्नेका रुपमा चिनिन्छ । यद्यपि उनीहरु लामो समयदेखि नेपाली क्रिकेटसँग आवद्ध रहँदै आएका छन् ।
सदस्यद्वय अनुप थापा र धिरेन्द्र साउद आङबुहाङ नजिक भए पनि माओवादी कार्यकतै भने होइनन् । दिवाकर घले नेवि संघका पूराना कार्यकर्ता हुन् । शैलेशकुमार चौधरी फोरम लोकतान्त्रिकका कोटामा क्यानमा परेका हुन् ।
क्यानकी एक्ली महिला सदस्य अमृता पौडेल क्यानका पूराना पूर्वपदाधिकारी उपेन्द्र भट्टराईकी छोरी हुन् । किरण राना काठमाडौंका पूर्वखेलाडी हुन् । धर्मसुन्दर बज्राचार्य सुनचाँदी व्यापारी हुने भने राजुबाबु श्रेष्ठ पनि व्यापारी हुन् ।

####




, ,

0 comments

Write Down Your Comment