कोरियाका नेपाली भन्छन्– दूतावासले सुन्दैन, न्याय माग्न कहाँ जाउँ ? -
####good
मीनप्रकाश उप्रेती
१३ बैशाख, सउल । रोजगार अनुमतिप्रणलीबाट दुई वर्षअघि कोरिया आएका तेह्रथुमका देवीप्रसाद उप्रेती दुई महिनाको छुट्टीमा घर गएर आउँदा कम्पनी मालिकले अवैधानिक बनाई दियो । जुलाई ०१५ सम्म भिसाअवधि भएका उप्रेतीलाई केरकारपछि ईन्छन अध्यागमन कार्यलयले कोरिया पस्न त दियो तर कम्पनीमा  पुग्दा कामबाट निकालिसकेको खबर कम्पनी मालिकले सुनाए । कम्पनी मालिकले कामबाट निकालेको जानकारी रोजगार विभागलाई गरिएको बताउँदा उनी छाँगाबाट खसेझैँ भए । कम्पनीको मालिकको कुरा सुनेर अतालिँदै रोजगार विभाग (नोदम्बु) पग्दा विभागका कर्मचारीले पनि ‘तिमी काम गर्ने कम्पनीले काम छाडिसक्यो भन्ने पत्र पठाएकाले  अब पुनः कुनैपनि कम्पनीमा काम दिन सकिन्न’  भन्ने जवाफ दिए । कम्पनीले विनाकारण निकालेपछि बस्नेखाने ठाउँ नपाएर उनी भौतारिँदै राजधानी नजिकको खावाङ्गजु सहरको एक चर्चमा आश्रय लिन पुगे । समस्या सामाधानका लागि कोरियास्थित नेपाली दूतावासमा फोन लगाउँदा उठेन ।

दर्जनबढी पटक सम्पर्ग गर्दा न फोन उठ्यो न त सहयोग नै पाए । फोनमा कुरा हुन नसकेपछि उनी दूतावासै गएर समस्या राख्ने निचोडमा पुगे । ट्याक्सी चढेर दूताबास हिँडेका उनलार्इ ट्याक्सीले बाटो पहिल्याउन नसक्दा उनले निलो अनुहार बनाउँदै निराश भएर ५१ हजार वन तिरेर चर्चमै फर्कन बाध्य भए  उनले बेवारिसे बनेपछि राजदूत कमानसिंह लामादेखि उपनियोग प्रमुख राजाराम बर्तैाला र श्रमसहचार अनिल गुरुङ्गलाई समेत मोबाइलमा फोन गर्दा नउठाएको तितो अनुभव सुनाउदै अनलाइनखबरसँग भने,  ’अब मैले न्यायका लागि कसलाई गुहार्ने ?’ झापाकी चन्द्रा सुब्बाले मेसिनरिडेवल पासपोर्ट बनाउन जाँदा द्धितीय सचिव प्रथमा उप्रेतीको रुखो ब्वाहार खप्नुपरेको दुखेसो सुनाउँदै भन्छिन, ‘चार पटकसम्म उनीहरुलेनै तोकेको ठाउँमा फोटो खिचेँ  तर पनि फोटो मिलेन भन्दै अनावश्यक दुख दिए।’

फोटोको समस्या सामाधान गरेपछि पासपोर्ट लिने मिति तोकेर फोन सम्पर्क गर्दा द्धितीय सचिव प्रथमा उप्रेतीले तपाईँको फोनमात्र उठाउने मेरो ठेक्का होइन भन्दा दुखः लागेको सुब्बा बताउँछिन । यसैगरी काठमा काठमाडौंका डा. रत्न थापाले आवश्यक कुराको जानकारी लिन दूतावासमा फोन लगाउँदा द्धितीय सचिव प्रथमा उप्रेतीले थापाको जिज्ञासा सकिन नपाउँदै कोरियामा यस्ता डाक्टर धेरै छन्, तपाईँ को हो, म चिन्दिन भन्दै फोननै राखिदिएको बताए। कोरियामा देवीप्रसाद उप्रेती, चन्द्रा सुब्बा र डा. रत्न थापामात्र होइन धेरै नेपालीहरूले आफू पीडित हुँदा पनि दूतावासबाट सहयोग र परामर्श नपाउँदा दुख झेल्दै अवैधानिक बनिरहेका छन् ।

 तलब , उपदान नपाएका र मालिकबाट पीडित नेपालीले कोरियास्थित नेपाली दूतावासले पहल नगर्दा न्याय पाउन सकेका छैनन् । समस्या लिएर जानेहरुलाई राजदूत लामा र उपनियोग प्रमुख बर्तैालाले श्रम सहचारी अनिल गुरुङ्गलाई देखाई दिने बताउँदै कामदारहरूले गूरुङ्गले आफू सानो कर्मचारी भएकाले केही गर्न नसक्ने भन्दै फर्काईदिने गरेको पीडितहरु बताउँछन । श्रोत ओन लाइन खबर 

####




0 comments

Write Down Your Comment