दाहालको चिन्ता,'पार्टी बिघटनको खतरामा'
####good
- 'पद खोज्नेहरुले पार्टी छाडे हुन्छ'
काठमाडौ, वैशाख १३ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरुको कार्यशैली नसुध्रिए पार्टी बिघटनको खतरा बढेको टिप्प्णी गरेका छन् । उनले पार्टीलाई बिघटनबाट जोगाउन रूपान्तरण हुनुपर्ने बेला आएको बताए । एमाओवादीको काठमाडौ जिल्ला सम्मेलनमा बोल्दै अध्यक्ष दाहालल हेटौंडा महाधिवेशनको कार्यदिशा कार्यान्वयन गर्न नसक्दा यो अवस्था आएको दाबी गरे ।'यही कार्यदिशा सच्याउन महाधिवेशन गर्दैछौं', उनले भने, 'पार्टीलाई बिघटनबाट जोगाउन रुपान्तरण हुनैपर्छ । पार्टीको गुटबन्दी अन्त्य हुनुपर्छ ।' उनले पार्टीमा स्थायी, पोलिटव्यूरो र केन्द्रीय समितिमा ठाउँ खोज्नेहरु अन्य पार्टीमा गए पनि कुनै फरक नपर्ने बताए । 'पद मात्रै खोज्नेहरु अरु पार्टीमा गए पनि केही फरक पर्दैन्', दाहालले भने, 'काम नलाग्ने ठूलो पार्टी भन्दा सानै पार्टी ठीक छ ।'
दाहालले सरकारको कामप्रति असन्तुष्टी व्यक्त गर्दै सरकारले शान्ति प्रक्रिया र संघीयताको मुद्दामा आँच आउने काम गरेको आरोप लगाए ।
सम्मेलनमा बोल्दै एमाओवादी नेता बाबुराम भट्टराईले कार्यदिशाले मात्रै पार्टीलाई बिघटनबाट जोगाउन नसक्ने भन्दै शैली विकास गर्न जरुरी रहेकेा औंल्याए । उनले क्रान्तिकारी नयाँ शक्तिको आवश्यकता रहेको भन्दै आगामी राष्ट्रिय सम्मेलनमा यही बिषयमा बहस गर्ने बताए ।
अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टीले वर्गीय मुद्दा छाडेको आरोप लगाए । 'पार्टीले वर्गीय मुद्दा छाड्यो', उनले भने,'पार्टीमा गुटबन्दी कायम छ । पार्टी बिगि्रयो ।' नेता श्रेष्ठले एमाओवादी राष्ट्रियताको मुद्दामा चुकेको आरोप लगाए । उनले पार्टीमा को चाँडो र ढिलो प्रवेश गरेको भनी भेदभाव नगरी न्यायपूर्ण मूल्यांकन हुनुपर्ने माग गरे ।
####
.jpg)



0 comments
Write Down Your Comment