भारतीय नागरिकबाट ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
####good
५ बैशाख, नेपालगञ्ज । नेपालगञ्जको राँझा विमानस्थलबाट काठमाडौं जान लागेका चारजना भारतीय नागरिकबाट प्रहरीले ठूलो परिमाणमा विदेशी मुद्रा बरामद गरेको छ ।
यति एयरलाइन्सको जहाजमार्फत काठमाडौ जान लागेका भारतीयबाट प्रहरीले २ करोड ४३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ बराबरका विभिन्न देशका मुद्रा बरामद गरेको हो ।
चारैजना भारतीयको साथबाट एक लाख ७९ हजार ५ सय यूरो, अमेरिकन मुद्रा २ हजार ९ सय डलर र एक हजार तीन सय ३० थाइ भाट बरामद भएको अञ्चल प्रहरी कार्यालय भेरीका बरिष्ठ प्रहरी उपरीक्षक मधुसुदन पुडासैनीले जानकारी दिए ।
प्रहरीले ३० वर्षीय भारतीय नागरिक लइक अहमदबाट युरो ५ सयका ८७ थान र अमेरिकी डलर सयका १० थान बरामद गरेको हो । त्यसैगरी मौरादाबाद घर भएका अर्का भारतीय नागरिक २१ वर्षीय लिसानुल हकबाट युरो ५ सयका १ सय ५० थान र अमेरिकी डलर एक सयका ५ थान बरामद गरेको हो ।
त्यसैगरी भारतको बरेली घर भएका २४ वर्षीय गुड्डुबाट यूरो ५ सयका ६२ थान, एक सयका अमेरिकन डलर १० थान बरामद गरेको हो । मौरदाबाद घर भएका अर्का भारतीय नागरिक ३० वर्षीय याकुबको साथबाट युरो ५ सयका ६० थान, अमेरिकन डलर सयका ४ थान र थाई भाट ५० का एकथान, सयको २ थान र हजारको एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद एक लाख ७९ हजार ५ सय युरोको नेपाली रुपैयाँ २ करोड ४० लाख ७४ हजार ५ सय हुन्छ । त्यसैगरी २ हजार ९ सय अमेरिकन डलरको २ लाख ८० हजार ६ सय ३३ रुपैयाँ हुने प्रहरीको भनाई छ । त्यसैगरी एक हजार तीन सय ३० थाइ भाटको ४ हजार ३ सय नेपाली रुपैयाँ हुन्छ ।
अवैध विदेशी मुद्रासहित पक्राउ चारैजनालाई अञ्चल प्रहरी कार्यालय भेरीको हिरासतमा राखिएको छ । प्रहरीका अनुसार नगदसहित पक्राउ लइक अहमद र लिसानुल हक यसअघि पनि काठमाडौं ओहोरदोहोर गरिरहन्थे ।
पक्राउ चारैजनाले आफूहरु मोटर पार्टस् अर्डर गर्नका लागि काठमाडौं जान लागेको बयान दिएको अञ्चल प्रहरी कार्यालय भेरीले जनाएको छ ।

####
.jpg)

0 comments
Write Down Your Comment