विदेशको जागिर छाडेर फर्किएकाले सञ्चालन गरेको बाख्रा फार्म जिल्लाकै नमूना
####good
म्याग्दी, वैशाख १३ । विदेशमा काम गरेर फर्किएका म्याग्दीको भुरुङ तातोपानीका तीन युवा गाउँमै सफल उद्यमी बनेका छन् । भुरुङ तातोपानी ८ ठूलो बगरका बुद्धि पुन, नारायण पुन र डिलकुमारी राई पुनले विदेशमा सिकेको सीपको सदुपयोग गर्दै गाउँमै कृषि उद्यम सञ्चालन गरेका हुन् ।
विदेशको मासिक ९० हजार रुपैयाँ कमाइ हुने नोकरी छाडेर स्वदेश फर्किएका उनीहरुले १३ लाख रुपैयाँ लगानीमा स्थापना गरेको बाख्रा फार्म अहिले जिल्लामै नमूना बनेको छ ।
सिंगापुरको होटलमा तीन वर्ष काम गरेकी डिलकुमारी र एक वर्ष काम गरेर स्वदेश फर्किएका बुद्धिले गाउँमै रहेका नारायणसँग मिलेर बाख्रापालन सुरु गरेका थिए । सुरुमा ३५ वटा बाख्रा पालेर व्यवसाय सुरु गरेका उनीहरुको फार्ममा अहिले एक सय बाख्रा छन ।
एक वर्षको अवधिमा २५ वटा खसी बेचिसकेको पुनले बताए । खरी जातको बाख्रा पालेका उनीहरुसँग हाल २५ वटा खसी तयार रहेका छन् । स्वदेशमै रोजगारीको सम्भावना छ भन्ने सन्देश दिन व्यवसाय सुरु गरेको उनीहरुको भनाइ छ ।
बाख्राका साथै माछा, खरायो र कुखुरा पालन सम्बन्धी संयुक्त उद्यम सञ्चालन गरेका उनीहरुले तरकारी खेती समेत गर्ने योजना बनाएका छन् ।
खसी किन्न ग्राहक गोठमै आउने भएकाले बजारको समस्या नरहेकाले व्यवसाय विस्तार गर्ने योजना रहेको पुनले बताए । बाख्रापालनका लागि जिल्ला पशु सेवा कार्यालयले घाँस, औषधि र बजारीकरणमा सहयोग गरेको छ । -

####
.jpg)

0 comments
Write Down Your Comment