सडक विस्तारका क्रममा झडप, विरोधमा उत्रिए बाइपासबासी
####good
काठमाडौं, वैशाख १३ । कानुनी मापदण्ड विपरित सडक विस्तार गरेको भन्दै काठमाडौंको बालाजु बाइपासबासीले विरोध गरेकाछन् । उनीहरुले दाँयाबायाँ दुबैतर्फ सडक विस्तार गर्ने र चिनो लगाउने काम सकिए पनि एकतर्फमात्र डोजर लगाएर घर भत्काएको भन्दै विरोध गरेका हुन् ।मापदण्ड विपरित नै १८ घर भत्काइएको स्थानीयबासीको आरोप छ । त्यसक्रममा प्रहरी र स्थानीयबासीबीच केहिबेर झडप भएको थियो भने केही स्थानीयलाई प्रहरीले नियन्त्रणमासमेत लिएको बताइएको छ ।
स्थानीयसँग सहकार्य नगरी एकलौटी रुपमा घर भत्काउने काम नरोकिए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
सडक विस्तार रोक्न स्थानीयबासीले पुनरावेदन अदालत पाटनमा हालेको मुद्दा पनि विचाराधिन रहेको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment