बेलायत बसेर आएका युवाले नेपालमा गाई पालन सुरु गरे
####good
चितवन, वैशाख १७ । विदेश बसेर आएका पूर्वी चितवनका तीन जना युवाले संयुक्त रुपमा गाईपालन थालेका छन् । ११ वर्ष बेलायत बसेर आएका प्रदीपराज पाण्डे, तीन वर्ष जर्मनी बसेर आएका रवीन्द्र ढकाल र यूएई बसेका सञ्जय ढकाल मिलेर गाईपालन गरेका हुन् ।

भण्डारा गाविस वडा नम्बर ९, डडुवामा आस्था पशुपालन फार्म खोलेका उनीहरुले ३५ लाख खर्चिएर ६० वटा गाई अट्ने गोठ बनाएका छन् ।

चार वटा गाईबाट सुरु गरिएको फार्ममा अहिले २४ गाई छन् भने एक सयसम्म पुर्‍याइने लक्ष्य ती युवाको छ ।
 
उनीहरुको फार्ममा दूघ धेरै दिने जर्सी र होलिस्टिन जातका गाई रहेका छन् । उनीहरुले अहिले दैनिक करिब १ सय लिटर दूध बेच्ने गरेका छन् । बाहिर बेच्दा राम्रो मोल नपाएपछि उनीहरुले आफ्नै डेरी खोल्ने योजना समेत बनाएका छन् ।
####




0 comments

Write Down Your Comment