एपेक्स बैंकको १९औं शाखा बुटवलमा
####good
बुटवलसँगै बैंकका शाखा संख्या १९ पुगेका छन् । बुटवल आर्थिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र र उद्योग व्यवसायको हिसावले पश्चिम नेपालकै मुख्य क्षेत्र भएकाले शाखा विस्तार गरिएको सिईओ उपाध्यायले बताए । उनले एपेक्स राष्ट्रिय स्तरको विकास बैंक भएकाले सेवाग्राहीलाई ढुक्कसँग कारोबार गर्न आग्रह समेत गरे ।
६६ करोड चुक्ता पुँजी रहेको एपेक्सको निक्षेप ५ अर्ब १० करोड रहेको छ । बैंकले ३ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अन्य बैंकहरुले भन्दा सरल र छिटो रुपमा सेवा दिने बताउँदै बैंकका बोर्ड सदस्य विष्णु प्रसाद धितालले अब छिट्टै वाणिज्य बैंक बनाउने लक्ष्य राखेको बताए ।
रोयल मर्चेण्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड, रारा विकास बैंक र अपि फाइनान्स मर्जर गरी एपेक्स बैंक बनेको जानकारी दिँदै धितालले अब अन्तराष्ट्रिय स्तरको बैंकहरुसँग पनि मिलेर अगाडि बढ्ने गरि छलफल थालिएको जानकारी दिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले साना तथा मझौला उद्योगहरुलाई बढावा दिने गरि कर्जा लगानी गर्न आग्रह गरे । रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले बैंकलाइ सर्बसाधारणको पहुच सम्म पुर्याएर आर्थिक सामाजिक रुपान्तरणमा लाग्न आग्रह गरेका छन् ।
बुटवलमा थुप्रै बैंकहरु रहेपनि आफुहरुको पहिचान सबैभन्दा चाँडो सेवा दिने बैंैकको रुपमा चिनाउने बुटवल शाखाका प्रबन्धक मानबहादुर राउलले दाबी गरे ।
####
.jpg)




0 comments
Write Down Your Comment