चीनमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने लिफ्ट !
####good
काठमाडौं, वैशाख ११ । चीनको ग्वांगझु प्रान्तमा बनाइएको गगनचुम्बी भवनमा जडान गर्न लागिएको लिफ्ट विश्वकै तीब्र गतिको हुने दावी चीन सरकारले गरेको छ । प्रतिघण्टा ७२ किलोमिटरको गतिमा दौडने उक्त लिफ्ट निर्माण गर्ने जिम्मा हिटाची कम्पनीले लिएको छ ।उक्त लिफ्टमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने बताइन्छ । तीब्र गतिमा रहेपनि यसबाट यात्रुको कानमा कुनै असर पर्ने छैन । अहिले भने ताइवानको ताइपेईस्थित एक भवनमा जडान गरिएको लिफ्ट नै सबैभन्दा छिटो चल्ने लिफ्ट मानिन्छ । जुन प्रतिघण्टा ६० दशमलव ६ किलोमिटरको दरले दौडन्छ ।
####
.jpg)



0 comments
Write Down Your Comment