भारतमा मोदीले चुनाव जितेपछि नेपालमा राजतन्त्र फर्कन्छ : ज्ञानेन्द्र
####good
बारा, १० बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताका लागि आफुले जिल्ला जिल्लामा गई पुजा अर्चना गर्न लागेको बताउनु भएको  छ । बाराको सिसहनियामा रहेको सुरेश्वरनाथ महादेव मन्दिरमा पुजा गर्न पुग्नुभएका पूर्वराजाले जनताहरुको सुःख, शान्तिका लागि आफु पुजापाठमा ब्यस्त रहेको बताउनु भयो ।
उहाँले भारतमा हिन्दुवादी नेता नरेन्द्र मोदीको शासन आउने र नेपालमा पनि त्यसको प्रभाव गर्ने दावी गर्दै चाडै नै राजसंस्था फर्कने विश्वास व्यक्त गर्नु भयो ।
पुर्वराजाको स्वागतमा त्यहाँका स्थानियबासीहरुले राजा आउँ देश बचाउ भन्ने बिभिन्न नाराहरु लगाएका थिए । पूर्वराजाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यापक रुपमा परिचाल गरिएको थियो ।

####




,

0 comments

Write Down Your Comment