रौतहटमा युवतीमााथि सामुहिक बलात्कार
####good

  • घटनामा संलग्न ४ जना पक्राउ, २ फरार 

१२ बैशाख, रौतहट । रौतहको जुडिवेलास्थित सहिद स्मृतिपार्कको जंगलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । १६ वर्षीया युवतीलाई घर लगिदिने भन्दै सहिदपार्कको जंगलमा लगेर सामुहिक बलात्कार गरिएको हो । बुधवार साँझ पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुरबाट पूर्व जान बस कुरेर बसेकी युवतीलाई मोटरसाईकलमा घर लगिदिने भन्दै धनुषा जिल्लाको भुचक्रपुर-९ का कनकलाल माझीले लगेपछि जुडिबेलाको सहिदपार्कसँगैको जङ्गलमा पुर्‍याई माझीसहितले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले बताए । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहरीले माझीसहित चार व्यक्तिलाई पक्राउ गरेको छ ।

बलात्कारका क्रममा पार्कको जंगलमा युवती कराएको सुनेपछि प्रहरीले अभियुक्तहरुलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । पक्राउ परेका कनकलालले चन्द्रनिगाहपुरबाट मोटरसाईकल लगेर जंगलमा लगी ६ जना युवाहरुले सामुहिक बलात्कार गरेको पीडित युवतिले बताएकी छिन । बा ३० प १८२२ नम्बरको माझीको मोटरसाईकल चढेकी युवतीलाई जुडिबेला-५ निवासी सुवाश कुवँर, जुडिबेला-४ का धीरेन्द्र धामी र संजय धामीसहितको समूहले बलातत्कार गरेको प्रहरीले जनाएको छ ।

 घटनामा संलग्न चारजना पक्राउ परेका छन् भने फरार दुईजनाको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । युवतीको स्वास्थ्य परीक्षणबाट सामूहिक बलात्कार भएको देखिएकाले अभियुक्तमाथि अदालतबाट म्याद थप गरी कानुनी कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले बताए । घटना बुधवार साँझै भए पनि प्रहरीले शुक्रबारमात्र अभियुक्तहरु सार्वजनिक गरेको छ । 

####




0 comments

Write Down Your Comment