व्यक्तिगत सम्पत्ति बेचेर गाउँलेले सडक कालोपत्रे गरे
####good
सुनसरी, वैशाख १५ । मोरङको दुलारी गाउँ विकास समिति वडा नम्बर १ स्थित बलिया चोकका बासिन्दाले आफ्नै प्रयासमा सडक कालोपत्रे गरेका छन् । सडक कालोपत्रे गरिदिन जिल्ला विकास समिति र सडक विभागलाई पटक–पटक अनुरोध गर्दा वास्ता नगरेपछि बलियाबासीले व्यक्तिगत सम्पत्ति बेचेरै सडक कालोपत्रे गरेका हुन् ।
सुनसरीको इटहरी नगरपालिकासँग सीमा जोडिएको बलिया चोकदेखि गोकुलम र चरिगुवासम्मको तीन किलोमिटर सडक स्थानीयले कालोपत्रे गरेका हुन् । कालोपत्रे गर्न सरकारी निकायले चासो नदिंदा गरगहना समेत बेच्नु परेको स्थानीबासीले बताए ।
तीन किलोमिटर सडक कालोपत्रे गर्न दुलारी गाविस १ का २ सय ५० घरले एक करोड ५० लाख रुपैयाँ उठाएकोे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उमेश वस्तीले जानकारी दिए ।

####
.jpg)

0 comments
Write Down Your Comment