नयाँ जहाजको सफलताको कामना गर्दै लुम्बिनीमा पूजा
####good
पर्यटन मन्त्री भीम आचार्यसहितको टोली मंगलबार लुम्बिनीस्थित मायादेवी मन्दिर र जाइनिज गुम्बामा पुगी जहाजको सफलताको कामना गरेको हो । चीन सरकारले अनुदानमा उपलब्ध गराएको एमए ६० जहाजबाट टोली भैरहवा विमानस्थलमा उत्रिएर लुम्बिनी आएको थियो ।
टोलीमा मन्त्रीसहित नेपालका लागि चिनिया राजदूत उ चिन्ताई, पर्यटन सचिव सुशिल घिमिरे, निगमका महाप्रबन्धक मदन खरेल, चिनिया जहाज निर्माता कम्पनी एभिक होल्डिङ इन्टरनेशनका अध्यक्ष यु ग्वाङ क्वान, ६ जना स्थानिय सभासदसहित ५६ जना रहेका थिए । जसमध्ये १८ जना राजदूतसहित चिनिया पाहुना थिए ।
लुम्विनी विकास कोषले खादा ओढाएर सम्मान गरेपछि अाराम गर्दै राजदूत, मन्त्रीलगायतका अतिथीहरू
विहान ११ बजे गौतम बुद्ध विमानस्थलमा उत्रिएको टोली गाडी चढेर लुम्बिनी आएको थियो । लुम्बिनीको मायादेवी मन्दिरमा पूजा गरि टोली चाइनिज गुम्बामा पुगेको थियो । चाइनिज गुम्बामा भएका लामा भिक्षुहरुले जहाजको सफलताको कामना गर्दै टोलीलाई पूजा गराएका थिए ।
जहाज हस्तान्तरण गर्न आएको चिनिया टोलीले लुम्बिनी लैजान आग्रह गरेपछि उनीहरुलाई लुम्बिनीको भ्रमण पनि गराउने र जहाजको सफलताको कामना गर्ने उद्देश्यसहित यहाँ निगमका महाप्रबन्धक खरेलले बताए । उनका अनुसार चिनिया टोलीले भर्खरै हस्तान्तरण गरेको जहाजबाट लुम्बिनी जान आग्रह गरेका थिए ।
विहान साढे ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारी गरिएको भएपनि नयाँ जहाजको भन्सार क्लियरेन्स नगरेका कारण उडान २ घण्टाभन्दा बढी डिले भएको थियो । सचिव घिमिरे, महाप्रबन्धक खरेल लगायतले जहाजको मुचुल्का उठाएर उडान गरिएको थियो ।
काठमाडौंबाट ढिलो पुगेपछि टोलीले लुम्विनीमा करिव साढे २ घण्टा विताएको थियो । चिनिया टोली ३ बजे स्वदेश फर्किने कार्यक्रम रहेको हुँदा हतार हतार पूजा तथा भ्रमण गरि काठमाडौं फर्किसकेको छ ।
####
.jpg)







0 comments
Write Down Your Comment