द्वन्द्वका घटना बिर्सिए बैद्यलाई युद्ध नगर भन्ने अधिकार रहन्न : गगन थापा
####good

  • शान्ति र युद्धका व्यापारी छन्, छानविन गरौं

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले जनयुद्धकालीन घटनालाई बिर्सने हो भने वैद्य माओवादीलाई फेरि जनयुद्ध नगर भन्ने राजनीतिक अधिकार गुमाउने बताएका छन् । सरकारले ल्याएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनसम्वन्धी विधेयकमा संशोधन संसदमा पेश गर्दै उनले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधहरुमा आममाफी हुन नसक्ने बताए ।

नेताहरुले जघन्य अपराधहरुलाई बिर्सनुपर्छ, त्यसलाई कोट्यायो भने नेपालमा शान्ति आउँदैन भन्ने गरेको भन्दै उनले भने-’त्यसबेला युद्धमा रहेको पक्षको एउटा ठूलो चोइटो संविधानसभा बाहिर छ र भन्दै छ अबको केहीदिनमा नेपालमा युद्ध सुरु हुनेछ । फेरि एक पटक जघन्य अपराधहरु हुनेछ । त्यो बेलामा आज त्यो युद्धका बेलामा भएका जघन्य अपराधहरु सही थिए भनेर प्रमाणित गर्ने हो संसद र कुनै पनि दलहरुलाई युद्ध गर्न पाइँदैन भन्ने राजनीतिक अधिकार पनि रहन्न । योको बेलामा गरिने जघन्य अपराधहरुमा दण्ड दिनुपर्छ भन्ने नैतिक अधिकार पनि हामीसँग रहन्न ।’

जिम्मेवारी लिन कोही तयार छ कि छैन ? 
द्वन्द्वकालका घटनामा कारबाही गर्दा कतिपय नेताहरुले आफैंले हिरासत जानुपर्छ भन्ने गरेको भन्दै कांग्रेस सभासद थापाले हिजोका घटनाको जिम्मेवारी लिन कोही तयार छ कि छैन ? भनि प्रश्न गरेका छन् । उनले भने-’३०३३ सालमा वीपी भारतबाट फर्किएपछि हो मेरो आहृवानमा हतियार उठाउँदै गर्दा घटेका सबै घटनाको जिम्मा म लिन्छु भने झै साहस गर्ने कोही नेता छ कि छैन यो संविधानसभाभित्र ? यो भन्दा बाहिर छ कि छैन ? हिजोका घटनाको जिम्मेवारी लिन कोही तयार छ कि छैन ?

शान्ति र युद्धका व्यापारी छन्, छनविन गरौं
 कांग्रेस सभासद थापाले नेपालमा शान्ति र युद्धका व्यापारी रहेको भन्दै सबै दोकन बन्द गर्न माग गरे । ‘यहाँ शान्तिका व्यापारी पनि छन् युद्धका व्यापारी पनि छन्’ उनले भनेका छन्-’यो विधेयकका विषयमा बहस भइरहँदा अनेकन विषयहरु बाहिर आएका छन् । हामी चाहन्छौं कि प्रत्येक विषयमा छलफल होस् । संसदले समिति बनाएर अध्ययन गरोस्, नेपालका खोलिएका प्रत्येक दोकानहरु बन्द होस् ।’ अन्तराष्ट्रिय समुदायले यो गर, त्यो गर भन्ने गरेको भन्दै उनले अन्तराष्ट्रिय समुदायको कुरा मान्दैनौं भन्ने नाममा मानवअधिकार सुन्नै नचहने प्रवृतिको विरोध गरे । अन्तराष्ट्रिय समुदायले भनेका प्रत्येक कुरा मान्न नहुने भन्दै उनले भने-तर, के अन्तराष्ट्रिय समुदायको कुरा मान्दैनौं भन्ने नाममा मानवअधिकार भन्ने विषय हामी सुन्न चाहँदेनौं । शान्ति र अहिंसाको आदर्शबाट हामी भाग्न चाहन्छौं भन्ने अधिकार हामीसँग छैन । त्यसैले जसरी जघन्य अपराधमा क्षमा दिन पाइँदैन ।’ उनले पीडितले डर र लोभमा क्षमादान दिने वातवरण बबनाउन नहुने भन्दै कुनै पनि पीडितले डर र का कारण क्षमा दिने छैन भन्ने सुनिश्चितत नभएसम्म क्षमादान अघि नबढान आग्रह गरे । सभासद थापाले माओवादीद्वारा सञ्चालित युद्ध जनयुद्ध या धर्मयुद्ध दुबै नभएको बताए ।

####




0 comments

Write Down Your Comment