फोनबाट प्रेम, देख्दा मन नपरेपछि बिहे गर्न अस्वीकार
####good
१२ बैशाख, बैतडी । लामो समयदेखि मोबाइल फोनमा कुरा गर्दै बिहे गर्ने टुङ्गोमा पुगेपछि डोटीबाट बैतडी आएकी एक युवतीले केटा मन नपराए भन्दै घर र्फकेकी छिन् । पाँच महिना अघिदेखि फोनमा कुरा हुँदै बिहे गर्ने निचोडमा पुगेर डोटीबाट बैतडी आएकी उनले केटालाई देखेर कालो र मन नपरेको बताएपछि प्रहरीले घर फर्काएको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ का गणेश महरसँग फोनबाट बिहे गर्ने सम्झौता गर्दै घरबाट भागेर आएकी युवती केटालाई त्याग्दै प्रहरीको शरणमा पुगेकी थिइन् ।

 प्रहरीले उनको घरमा खबर गरेर आफन्तलाई बैतडी आउन अनुरोध गरेको गोठालापानी प्रहरी चौकीका प्रमुख धनसिंह कार्कीले जानकारी दिए । उनीसँग बिहे गर्ने सुरमा दुई घण्टाको बाटो हिँडेर सदरमुकाम गोठालापानी पुगेका महर पनि युवतीको अस्वीकारपछि रित्तो हात घर फर्किएका छन् । फोनबाट विकृति पनि फैलिँदै गरेको एक उदाहरण यो घटना भएको प्रहरीले बताएको छ । रासस -

####




0 comments

Write Down Your Comment