चीनबाट नयाँ जहाज आयो, भव्य स्वागत
####good
काठमाडौं : नेपाल वायुसेवा निगमले २८ वर्षपछि नयाँ जहाज भित्र्याएको छ। निगमले चीनमा निर्मित एमए ६० नामक ५८ सिट क्षमताको जहाज आइतबार दिउँसो पौने दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो। जहाजलाई चीनको कुन्मीङबाट अमेरीकी पाइलटले उडाएर ल्याएका हुन। निगमले यो जहाजलाई पञ्चे वाजा बजाएर स्वागत गरेको छ। यो जहालाई सोमबार विमानस्थल स्थित निगमको ह्याङगरमा जहाज हस्तन्तरण कार्यक्रम राखिएको निगमका महाप्रवन्धक मदन खरेलले जानकारी दिए। उनका अनुसार यो जहाजलाई आइतबार भैरहवामा परीक्षण उडान गर्ने कार्यक्रम तय भएको छ। जहाजलाई सबै आन्तरिक तयारी पूरा गरेर आगामी बैशाख १७ गतेबाट नियमित उडानमा प्रयोग गरिने जानकारी खरेलले दिएका छन्।
निगमले भित्र्याएको यो जहाज आन्तरिक उडानका भैरहवा, भद्रपुर, धनगढी र विराटनगरमा उडान गर्ने गरी योजना बनाएको निगमका कर्पोरेट निर्देशक एवं प्रवक्त रामहरि शर्माले जानकारी दिए। उनका अनुसार निगमले यस अघि आन्तरिक उडानको ९एन एबीएक्स नामक १९ सिट क्षमताको ट्वीअटर जहाज २०४२ सालको पुस महिनामा खरीद गरेको थियो। यसपछि यसले आन्तरिक उडानमा नयाँ जहाज थप गरेको थिएन्। आइतबार आएको नयाँ जहाजले निगममा उत्साह थपिनुका साथै निगमले लामो समयपछि नाफामूलक गन्तव्यमा उडान गर्ने भएको छ।
निगममा लामो समयपछि जहाज भित्रनु नै खुशीको कुरा भएको खरेलको भनाइ छ। उनका अनुसार लामो समयको प्रर्यासपछि निगमले जहाज पाउनुले समग्र नेपाली नै उत्साहित बनाएको छ। राष्ट्रिय ध्वजाबाहक निगमले जहाज नभएकै कारण आन्तरिक उडामा हाल एक मात्रै ट्वीनटर उडान गरिरहेको छ। अन्य दुई वटा आवश्यक मर्मत गरेर उडाउन सकिने भएपनि इन्जिन अभावमा विमानस्थलै थन्किएका छन्। नयाँ जहाजले निगमको शाख बढाउनेमा विश्वस्थ हुन सकिने खरेलको दाबी छ।
निगमले यो जहाजको भाडारलाई छिट्टै तय गर्ने जानकारी दिएको छ। आन्तरिक उडानका गन्तव्यमा धेरै नाफा तथा न्यून समेत नहुने गरी जहाज भाडादर तय गर्ने जानकारी निगमले दिएको छ। चीनले नेपाललाई अनुदान तथा सहुलियत ऋणमा ६ वटा जहाज उपलव्ध गराएको हो। यसमध्ये अनुदानको पहिलो जहाज काठमाडौं आइपुगेको छ। चीनले अर्को एक १९ सिट क्षमताको वाई १२ ई नामक जहाज पनि अनुदानमै उपलव्ध गराउने भएको छ।
चीनले दिएको तालिका अनुसार अनुदानको अर्को एक वाई १९ सिट क्षमताको जहाज असार १६ गते काठमाडौं आइपुग्ने भएको छ। पहिलो त्यसपपछि चार महिना भित्रमा थप चारवटा जहाज आउने जानकारी निगमले दिएको छ। त्रिभुवन विमानस्थल जहाज अवतरण गरेको हेर्न निगमका उच्च अधिकारी, पर्यटन मन्त्रालयका पदाधिकारी, चिनियाँ राजदूतसहितका व्यक्ति विमास्थल पुगेका थिए।

####
.jpg)

0 comments
Write Down Your Comment