मंगलबार पाहुना बोकेर भैरहवाका लागि उड्ने (फोटो फिचरसहित)
####good

जहाजलाई मंगलबार भैरहवाको गौतमबुद्ध विमानस्थलमा लैजाने कार्यक्रम छ । जहाज हस्तान्तरण गर्न आएका पाहुनालाई सोही जहाजमा राखेर भैरहवा लगी लुम्बिनी घुमाउने शर्माले बताए । जहाजले मे १० तारिखदेखि व्यवसायिक उडान शुरु गर्ने निगम प्रवक्ता शर्माले जानकारी दिए । ‘जहाजको भाडादर अझै तय नभए पनि १/२ दिनमा तय गरिन्छ’ उनले भने-’नयाँ जहाजले सुगम गन्तव्यहरु भैरहवा, भद्रपुर, धनगढी र विराटनगरमा उडान भर्नेछ ।’ चीनले निगमलार्इ ६ वटा जहाज दिँनेछ । चीन सरकारले निगमलाई एउटा एमए ६० सहित वाई १२ ई नामक १९ सिट क्षमताको जहाज अनुदानमा दिने सहमति गरेको छ । निगमलाई चीन सरकारले नै १९ सिट क्षमताका तीनवटा र ५८ सिट क्षमताको एउटा जहाज सहुलियत ऋणमा उपलब्ध गराउँदै छ । निगमका अनुसार अनुदानमा पाइने वाई १२ ई नामक जहाज असार १६ मा काठमाडौं आइपुग्ने छ । त्यस्तै, सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए-६० असोज १४ गते र बाँकी तीनवटा वाई १२ ई जहाज कार्तिकसम्म नेपाल आइपुग्ने बताइएको छ । 




####




0 comments

Write Down Your Comment